शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ४ हजार रुपैयाँमा किनेको यो कचौरा करोडौँमा बिक्दैछ

४ हजार रुपैयाँमा किनेको यो कचौरा करोडौँमा बिक्दैछ

  • मङ्लबार, चैत्र ३, २०७७
४ हजार रुपैयाँमा किनेको यो कचौरा करोडौँमा बिक्दैछ

भनिन्छ जब भाग्यले साथ दिन्छ तब रंक पनि राजा बन्नका लागि बेर लाग्दैन । अमेरिकामा एकजना व्यक्तिलाई यसैगरी तालुमा आलु फलेको छ ।

आफुले फुटपाथ बजारमा किनेको एउटा सामान्य पूरानो कचौरा करोडौँ रुपैयाँका बराबरको मूल्यमा बिक्ने भएसँगै उनी रातारात करोडपति बन्ने भएका हुन् ।

अमेरिकाको कनेक्टिकट सहरमा एक व्यक्तिले सडक चोकमा रहेको पूराना सामान बेच्ने बजारबाट जम्मा ३५ डलरमा एउटा चिनिया माटोको कचौरा खरीद गरेका थिए । तर अहिले त्यहीँ कचौरा बहुमूल्य भएको छ ५ लाख डलरमा बिक्दैछ । अर्थात् उनले झण्डै ४ हजार रुपैयाँमा किनेको कचौरा झण्डै पौने ६ करोड रुपैयाँ बिक्रि हुँदैछ।

उक्त सेतो रंगमा निलो रंगका फूलका चित्र सहितको कचौरा दुर्लभ मानिएको छ । यस्तो खालका जम्मा ७ वटामात्र कचौरा बनेको बताइएको छ । यो कचौराको आगामी मार्च १७ मा न्युयोर्कमा महत्वपूर्ण चिनिया कलाको रुपमा लिलामी हुँदैछ ।

लिलाम गर्ने संस्था सोथेबीका उपाध्यक्ष म्याकअटिरका अनुसार यो कचौरा १४ औँ सताब्दीमा बनेको हो । अर्थात् यो कचौरा मिंग शासनकालको हो । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार