शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बर्दियामा भैँसी गोठालालाई बाघले लग्यो

बर्दियामा भैँसी गोठालालाई बाघले लग्यो

  • मङ्लबार, फाल्गुन १८, २०७७
बर्दियामा भैँसी गोठालालाई बाघले लग्यो

काठमाडौं– बर्दियामा भैँसी चराउन गएका एक पुरुषलाई बाघले झम्टिएर लगेको छ । बर्दिया राजापुर १० का एक व्यक्तिलाई भैँसी चराउन गएका बेला बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भैँसी चराउन गएका बेला एक पुरुषलाई बाघले लगेको जानकारी दिए । हात्तीको सहारामा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । राजापुर–१० का लालबहादुर थारु भैँसी चराउन गएका बेला बाघले झम्टिएको थियो ।

राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।

चर्चामा

सम्बन्धित समाचार