शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सुरक्षा परिषद्को बैठकलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने

सुरक्षा परिषद्को बैठकलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने

  • मङ्लबार, फाल्गुन ११, २०७७
सुरक्षा परिषद्को बैठकलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । मंगलबार बिहान ९ बजे बस्नेगरी परिषद् बैठक परिषदका सदस्यसमेत रहेका एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल हुने छ ।

स्रोतका अनुसार प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बताइएको छ ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री तथा सदस्यहरुमा परराष्ट्रमन्त्री,अर्थमन्त्री, गृहमन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा र मुख्यसचिव सदस्यका रुपमा रहेका छन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ। सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्नेगरी सूचना आएको ति मन्त्रीको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार