शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा शिक्षकको कुटाईबाट छात्रा घाइते

कञ्चनपुरमा शिक्षकको कुटाईबाट छात्रा घाइते

  • मङ्लबार, फाल्गुन ११, २०७७
कञ्चनपुरमा शिक्षकको कुटाईबाट छात्रा घाइते

कञ्चनपुर– कञ्चनपुरमा शिक्षकको कुटाईबाट एक छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका ९ मटैनाको बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका शिक्षक खडक सिंह बिष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई कुटपिट गरेका थिए। कुटपिटपछि उनी बेहोस भएकी थिइन्।

उनको टाउकोमा चोट लागेको छ। अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ। छात्रामाथि कुटपिट गर्ने प्रध्यानाध्यापक बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार