बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कञ्चनपुरमा बुहारी र नातीले गरे बृद्धको हत्या !

कञ्चनपुरमा बुहारी र नातीले गरे बृद्धको हत्या !

  • मङ्लबार, फाल्गुन ११, २०७७
कञ्चनपुरमा बुहारी र नातीले गरे बृद्धको हत्या !

धनगढी– कञ्चनपुरमा घरायसी विवादका क्रममा कुटपिट गरेर बुहारी र नातीले बृद्धको हत्या गरेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ वर्षीय अर्जुनले कुटपिट गरेर ७६ वर्षीय प्रेम थापाको हत्या गरेका हुन्।

उनीहरु दुवै जना मृतकका बुहारी र नाती रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाका अनुसार माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर घाइते भएका थिए।

घाइते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। उनको मृत्युपछि बुहारी र नातीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार