शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • पत्नीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना तिरेपछि….

पत्नीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना तिरेपछि….

  • मङ्लबार, माघ २०, २०७७
पत्नीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना तिरेपछि….

गाडी चलाउँदा ट्राफिक नियम उल्लंघन गरेबापत जरिवाना तिर्ने मानिसहरुको संख्या धेरै हुन्छ । आफूले आफ्नो गोजीबाटै जरिवाना रकम तिर्दासम्म त बाहिर खासै गाइँगुइँ नहोला । तर जब पत्नीको बैंक कार्डबाट गर्लफ्रेण्डको जरिवाना रकम तिरिन्छ, तब ठूलै आपत् पर्दो रहेछ ।

यस्तो घटना भएको छ, युएईमा । युएईको दुबईमा एकजना महिलाले आफ्नो क्रेडिट कार्ड चोरी गरेर कसैले आफ्नो क्रेडिट कार्डबाट रकम भुक्तानी गरेको उजुरी गरिन् प्रहरीमा । आफ्नो कार्डबाट रकम भुक्तानी गरिएको नोटिफिकेसन उनले आफ्नो मोबाइल फोनमा प्राप्त गरेपछि पुलिसमा उजुरी गरेकी थिइन् । त्यसपछि उनले बैंकमा फोन गरेर कार्ड रद्द गरिदिन आग्रह गरिन् अनि पुलिसमा उजुरी गरिन् । चोरी गरिएको कार्डबाट ट्राफिक जरिवाना तिरिएको भन्दै उनले प्रहरीमा उजुरी गरेपछि दुबई पुलिसले तत्कालै त्यस विषयमा छानविन सुरु गर्यो ।

दुबई पुलिसको साइबर अपराध विभागका अनुसार उजुरी परेसँगै जब पुलिसले अनुसन्धान सुरु गर्यो तब निकै अनौठो तथा अपत्यारिलो तथ्य फेला पर्यो । वास्तवमा चोरी भएको भनिएको ती महिलाको क्रेडिट कार्डबाट ट्राफिक जरिवाना भुक्तान गर्ने मानिस अरु कोही नभएर उनकै लोग्ने थिए । अनि उनका लोग्नेले जसको जरिवाना तिरिरहेका थिए, ती व्यक्ति चाहिँ उनकी गर्लफ्रेण्ड थिइन् । उजुरीकर्ता महिला आफ्नो लोग्नेको अरु महिलासँग विवाहेत्तर सम्बन्ध रहेकोमा अनभिज्ञ थिइन् । साथै उनका लोग्नेकी गर्लफ्रेण्डलाई समेत ती पुरुष विवाहित भन्ने थाहा रहेनछ ।

उजुरीपछि प्रहरीले ट्राफिक जरिवाना भुक्तानी गरिएकी ती युवतीलाई प्रहरी चौकीमा बोलायो । उनीसँगको सोधपुछ पछि बल्ल उजुरीकर्ता महिलाका लोग्नेले नै उनको ट्राफिक जरिवाना आफ्नी पत्नीको बैंक कार्डबाट तिरिदिएको खुलासा भयो । पुलिस अधिकारीले यस्तो घटना निकै दुर्लभ भएको बताउँछन् ।

-गल्फन्यूज डटकमबाट

चर्चामा

सम्बन्धित समाचार