बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस

सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस

  • आइतवार, माघ १८, २०७७
सभामुख सापकोटाले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवाविनै बसेको बैठकले विभिन्न्न संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिस गरेको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।

यसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएएको बताएका छन् ।  सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार