बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा बिभाजन: सुदूरपश्चिममा नेकपाबाट निर्वाचित प्रमुख र उप प्रमुख को-कुन समुहमा? (नामावालीसहित)

नेकपा बिभाजन: सुदूरपश्चिममा नेकपाबाट निर्वाचित प्रमुख र उप प्रमुख को-कुन समुहमा? (नामावालीसहित)

  • आइतवार, माघ १८, २०७७
नेकपा बिभाजन: सुदूरपश्चिममा नेकपाबाट निर्वाचित प्रमुख र उप प्रमुख को-कुन समुहमा? (नामावालीसहित)

कैलाली — नेकपा बिभाजनपछि सुदूरपश्चिमका स्थानीय तहमा नेकपाबाट निर्बाचित प्रमुख र उप प्रमुख पनि बिभाजित भएका छन् ।
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये ४८ वटा तहमा नेकपाका तर्फबाट निर्वाचित प्रमुख थिए ।पार्टी बिभाजनपछि नेकपा ओली समूहलाई २१ र नेकपा माधव प्रचण्ड समूहमा २३ जना प्रमुखले साथ दिएका छन् । चार जना प्रमुख अहिलेसम्म खुलेका छैनन । उनीहरु अहिलेसम्म तटस्थ देखिएका छन् । डडेल्धुराका सात वटा स्थानीय तहमध्ये तीन वटामा नेकपाले जितेको थियो । जसमध्ये दुई वटा तहका प्रमुखले माधव–प्रचण्ड समूहलाई साथ दिएका छन् ।
अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट, विकास, उपाध्यक्ष कलावती भाट र नवदुर्गाका कविन्द्र बिष्ट नेकपा माधव–प्रचण्ड समूहमा खुलेर लागेका छन् । स्रोतका अनुसार अमरगढी नगरपालिकाका मेयर बिपिन ओझाको झुकाव ओली समूहतिर छ । तर उनी खुलेका भने छैनन । उप मेयर संगिता भण्डारीले माधव–प्रचण्ड समूहलाई साथ दिएकी छन् । डोटीका नौ वटा स्थानीय तह मध्ये छ वटा स्थानीय तहमा नेकपाले जितेको थियो । पार्टी बिभाजनपछि पाँच वटा तहका प्रमुख र उपप्रमुखले माधव–प्रचण्ड समूहलाई साथ दिएका छन् । एउटा स्थानीय तहका प्रमुख र उपप्रमुख ओलीका पक्षमा उभिएका छन् ।

आदर्श गाउँपालिकाका अध्यक्ष टेक बहादुर रोकाया, उपाध्यक्ष कमला ओझा, दीपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासी नेकपा प्रचण्ड–माधव समूहमा लागेकी छन् । उपमेयर शिवराज खडकाले ओली समूहलाई साथ दिएका छन् । सायल गाउँपालिका अध्यक्ष तेज डुम्रेल, उपाध्यक्ष बिष्णा सिंह, जोरायल गाउँपालिकाका दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, बोगटान गाउँपालिकाका अध्यक्ष कमल गडसिला र उपाध्यक्ष भगवती बलमे नेकपा प्रचण्ड–माधव समूहलाई साथ दिएकी छन् ।
पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी र उपाध्यक्ष निर्मला साउँद ओली समूहमा लागेकी छन् ।

कैलालीका १३ वटा स्थानीय तहमध्ये सात वटा तहमा नेकपाले जितेको थियो । जसमध्ये पाँच वटा तहका प्रमुखले ओली समूहलाई साथ दिएका छन् । दुई वटा स्थानीय तहका प्रमुखले माधव–प्रचण्ड समूहलाई साथ दिएका छन् ।मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावल, घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी, चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोका,टीकापुर नपा तपेन्द्र रावल, गोदावरी नपा हरीसिंह साउँद ओली पक्षमा खुलेर लागेका छन् ।

कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरी र लम्की चुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले माधव–प्रचण्ड समूहलाई साथ दिएका छन् । कञ्चनपुरका नौ वटा स्थानीय तह मध्ये सात वटाको प्रमुखमा नेकपाले जितेको थियो । जसमध्ये तीन वटा प्रमुख नेकपा ओली समूहमा खुलेर लागेका छन् । तीन वटा स्थानीय प्रमुखले नेकपा प्रचण्ड—नेपाल समूहलाई साथ दिएका छन् ।अहिलेसम्म नखुलेका भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टको झुकाव भने ओली पक्षतिर रहेको स्रोतले बतायो ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्द, लालझाडी गापाका अध्यक्षमदन बडायक (प्रचण्ड–नेपाल समूह), उपाध्यक्ष सत्यादेवी महरा (ओली समूह) , बेलौरी नगरपालिकाका प्रमुख पोटीलाल चौधरी, पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापा माधव–प्रचण्ड समूहमा खुलेर लागेका छन् ।पुनर्वास नगरपालिकाकी उप प्रमुख शारदा बिष्टले नेकपा ओली समूहलाई साथ दिएकी छन् । महाकाली नगरपालिकाकी उपप्रमुख चिनी गिरी पनि नेकपा ओली समूहमा खुलेर लागेकी छन् । महाकाली र शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा भने नेपाली काँग्रेसले जितेको थियो । त्यस्तै बेलडाडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा र उपाध्यक्ष, कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले नेकपा ओली समूहलाई साथ दिएका छन् ।

बाजुराका नौ वटा स्थानीय तहमध्ये तीन वटामा नेकपाले जितेको थियो । जसमध्ये दुई वटा स्थानीय तहका प्रमुख र एउटा स्थानीय तहकी प्रमुखले ओली समूहलाई साथ दिएकी छन् ।गौमुल गापा अध्यक्ष हरी बहादुर रोकाया,उपाध्यक्ष सीता थापा ओली, जगन्नाथ गापाका अध्यक्ष काली बहादुर शाही र उपाध्यक्ष ऐना गिरीले ओली समूहलाई साथ दिएकी छन् । स्वामिकार्तिक खापर गाँउपालिका चिरञ्जीवी शाही उपाध्यक्ष मिमा बुढा तटस्थ छन् ।बुढीनन्दा नगरपालिकी उपमेयर सृष्टि रेग्मी केपी ओली समूहको समर्थन उभिएकी छन् ।

दार्चुलाका नौ वटा स्थानीय तह मध्ये तीन वटा स्थानीय तहमा नेकपाले जितेकोमा बिभाजनपछि दुई वटा स्थानीय तहका प्रमुख र उप प्रमुखले ओली समूहलाई साथ दिएका छन् । नौगाड गापाका अध्यक्ष प्रेम सिंह धामी, र अपि हिमाल धर्मानन्द मन्यालले केपी ओलीलाई साथ दिएका छन् । मार्मा गापाका अध्यक्ष जमन सिंह धामी भने तटस्थ छन् ।बझाङका १२ वटा स्थानीय तहमध्ये ८ वटाको प्रमुखमा नेकपाले जितेको थियो । जसमध्ये ६ वटाका प्रमुखले नेकपा प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

मष्टा गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायत र बित्थड चीर गाउँपालिका अध्यक्ष प्रेम बहादुर बोहरा अध्यक्ष नेकपा ओली समूहको पक्षमा उभिएका छन् ।तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट नेकपा प्रचण्ड–माधव समूहका पक्षमा उभिदा उपाध्यले उपाध्यक्ष नेकपा ओली समूहलाई साथ दिएकी छन् जय पृथ्वीनगरपालिका प्रमुख बिरेन्द्र बहादुर खड्का नेकपा प्रचण्ड–माधव समूहमा छन् । उपप्रमुख जुना जाग्रीले ओली समूहलाई साथ दिएकी छन् ।छबिस पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल बहादुर धामी र उपाध्यक्ष राधिका रताला, दुर्थाथली गापा अध्यक्ष प्रयाग राज जोशी, केदारस्यु गाउपा ईन्द्र भण्डारी नेकपा प्रचण्ड–माधव समूहमा छन् ।
उपाध्यक्ष निशा ठगुन्ना ओली समूहमा लागेकी छन् । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्याय र उपाध्यक्ष गगुंदेवी खडायत नेकपा प्रचण्ड–माधव समूहमा लागेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार