शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

  • शनिबार, माघ १७, २०७७
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल देशको केही पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ साथै तराईका केहि भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

यस्तै, राति प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार