बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

  • शुक्रबार, माघ १६, २०७७
एक पुरुषलाई अदालतको आदेश – महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

बेलायतको एक अदालतले एक पुरुषलाई सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ । ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ । साथै युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुराकानीमा पनि रोक लगाइएको छ ।

३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन ।

डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका सात आरोप लागेका छन् । बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ ।

निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ – जस्तै महिला बस कन्डक्टर, महिला प्रहरी । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार