शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीले ‘देशद्रोही’ भनेपछि कांग्रेसको आपत्ति, अपमानजन्य भाषा प्रयोग नगर्न चेतावनी

प्रधानमन्त्री ओलीले ‘देशद्रोही’ भनेपछि कांग्रेसको आपत्ति, अपमानजन्य भाषा प्रयोग नगर्न चेतावनी

  • सोमवार, माघ १२, २०७७
प्रधानमन्त्री ओलीले ‘देशद्रोही’ भनेपछि कांग्रेसको आपत्ति, अपमानजन्य भाषा प्रयोग नगर्न चेतावनी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निकै अमानजन्य भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन चेतावनी दिएको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन चेतावनी दिएको हो ।

“संसद् विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेको भन्दै कांग्रेसले आफूविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत् प्रधानमन्त्रीले मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहेको टिप्पणी गरेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति !

संसद् विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हर–कोहीको नैसर्गिक अधिकार हो । प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको छ । कुनै पनि रंग र स्वरुपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।

सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन् । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखदमात्रै होइन, लज्जास्पद पनि छ । संसद् विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।

जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, सञ्चार तथा प्रचार विभाग

चर्चामा

सम्बन्धित समाचार