शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • तीस लाख किशोरीलाई आइरन चक्की

तीस लाख किशोरीलाई आइरन चक्की

  • शनिबार, माघ १०, २०७७
तीस लाख किशोरीलाई आइरन चक्की

काठमाडौं — सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो ।

स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज र दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ ।

यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस्याबाट बचाउन सहयोग गर्ने विभागले जनाएको छ । हाल नेपालमा २२ प्रतिशत किशोरीमा रक्त अल्पताको समस्या देखिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार