शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • रोल्पामा एक महिलामाथि गोली प्रहार

रोल्पामा एक महिलामाथि गोली प्रहार

  • मङ्लबार, माघ ६, २०७७
रोल्पामा एक महिलामाथि गोली प्रहार

रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो ।

जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर पुनले बरुमाथि गोली हानेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

टाउकोमा गोली लागेको बरुको अवस्था गम्भीर रहेको डिएसपी सुबेदीले बताए । घाइतेलाई मंगलवार विहान ४ बजेतिर जिल्ला अस्पताल रेउघाबाट थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका पुनले प्रहरी समक्ष आफूले हरिन ठानेर ती महिलालाई गोली चलाएको दावीसहितको बयान गरेका छन् । हरिणले गहुँबाली खाएर नाश पारेपछि हरिन मार्न भनेर आफू बसेको र झुसमुसे अँध्यारोमा घाँसको भारी बोकेकी महिला आउँदा हरिन ठानेर आफुले गोली चलाएको भन्ने दाबी पुनले प्रहरी गरेको डिएसपी सुबेदीले बताए ।

गोली हान्ने पुनलाई मंगलवार विहान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार