बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यो हो संसारकै विषालु भ्यागुतो, करोडौँमा हुन्छ तस्करी

यो हो संसारकै विषालु भ्यागुतो, करोडौँमा हुन्छ तस्करी

  • सोमवार, माघ ५, २०७७
यो हो संसारकै विषालु भ्यागुतो, करोडौँमा हुन्छ तस्करी

पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन् र कतिपय त लोप भैसके ।

यस्तै संकटापन्न जीवहरुमध्ये एउटा हो छिर्केमिर्के भ्यागुता । यसलाई संसारकै सबैभन्दा विषालु भ्यागुता पनि भनिन्छ । सुन्तला तथा कालो रङको झालेमाले जीउ भएको उक्त भ्यागुताको मूल्य करोडौँ पर्ने बताइन्छ ।

वयस्क छँदा जम्मा दुई इन्च लामो हुने यो भ्यागुताको नाम पोइजन डार्ट हो । वैज्ञानिकहरुका अनुसार यो भ्यागुताको सरीरमा यतिधेरै विष हुन्छ कि त्यसले १० जना मानिसलाई मार्न सक्दछ । कोलम्बियामा पाइने उक्त भ्यागुताको तस्करी निकै तीव्ररुपमा हुने गरेको छ । क्यारोलिना विश्वविद्यालयको अनुसन्धानमा पाइएअनुसार यो भ्यागुताको रङ जतिधेरै चम्किलो भयो उति नै धेरै विषालु हुन्छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार