शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • ओली गन्हाएर बालुवाटार गइसक्नु छैनः भीम रावल

ओली गन्हाएर बालुवाटार गइसक्नु छैनः भीम रावल

  • आइतवार, माघ ४, २०७७
ओली गन्हाएर बालुवाटार गइसक्नु छैनः भीम रावल

नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए ।

उनले ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य गरे । उनले भने, ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । विधि सकिए, नीति सकिए । तर अहिले बालुवाटार ओरिपरि गैइसक्नु छैन ओली गन्हाएका छन् ।’राताेपाटी डट कम

चर्चामा

सम्बन्धित समाचार