शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सौतेनी छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

सौतेनी छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

  • शुक्रबार, माघ २, २०७७
सौतेनी छोरासँग बिहे गरेकी रुसी ब्लगर आमा बन्दै

आफ्ना श्रीमान्लाई छाडेर सौतेनी छोरासँग प्रेम–सम्बन्धमा रहेकीरुसी ब्लगर मारिना बाल्मासेभाआमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृणाको पात्र बनेकी छिन् । सामाजिक सञ्जालमा निकै चर्चित यी ब्लगरका ५ लाखभन्दा धेरै फलोअर्स छन् ।

३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौतेनी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो ।
त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभोर्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भड्काएको बाबु सेभिरिनले बताए ।
‘मेरो छोरालाई उनले भड्काइन् । म घरमै भएका बेला पनि रासलिला गर्न उनीहरुलाई लाज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मोजमस्ती गरेको भए मैले सायद उनलाई माफी दिने थिएँ,’ बाबु सेभिरिनले भने ।

आफ्ना सौतेनी छोरालाई बाल्मासोभाले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला बाल्मासोभाको उमेर २२ वर्ष थियो । सोही समयदेखि आफु सौतेनी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइन् । आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्रीमान्सामु आर्कषक देखिन उनले प्लास्टिक सर्जरी गरेको बताइन् । ‘यद्यपी, यहाँ एउटा के कुरा महत्वपूर्ण छ भने उनी मेरो दागसहितको अनुहारलाई देखेरै नै प्रममा परेका हुन्,’ उनले भनिन् ।
आफुले परिवारलाई तहसनहस गरेकोमा उनलाई केही पश्चाताप पनि छ । ‘मलाई यो कुरामा खेद लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मारें,’ उनले भनिन् ।

यद्यपी, आफ्ना पूर्व श्रीमान्सँग नफर्कने उनले बताइन् । पूर्व श्रीमान्प्रति कुनै आक्रोश वा घृणा पनि बाँकी नरहेको उनले बताइन् । मारियाले भोभाका बाबुसँग बिहे गरेपछि कुनै समय उनीसँग मिलेर पाँचजना बालबालिकालाई आश्रय दिएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार