शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • १ मिनेटमा ६४ पटक पुसअप गरेर यी व्यक्तिले बनाए विश्व रेकर्ड (भिडियो)

१ मिनेटमा ६४ पटक पुसअप गरेर यी व्यक्तिले बनाए विश्व रेकर्ड (भिडियो)

  • बिहिबार, माघ १, २०७७
१ मिनेटमा ६४ पटक पुसअप गरेर यी व्यक्तिले बनाए विश्व रेकर्ड (भिडियो)

ग्रिसका एकजना खेलाडिले एक मिनेटमा ६४ पटक ह्याण्ड रिलिज पुसअप गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जिओर्गोस कटसिम्पो नामका ती व्यक्तिले ग्रिसको क्रेटे टापुस्थित हेराक्लियनमा रहेको आइरुन बडी कम्युनिटी जिमखानामा उक्त किर्तिमान राखेका हुन् ।

ह्याण्ड रिलिज पुसअप भनेको यस्तो पुसअप हो जहाँ छातिले भुइँ छुँदा भुइँमा टेकिएका हत्केला भुइँबाट माथि उठाउनु पर्दछ । जिमखानाले उनको त्यो किर्तिमानी खेलको भिडियो युट्युबमा अपलोड गरेको छ ।

गत वर्ष हातमा गम्भीर चोट लागेसँगै थेरापीका रुपमा उनले यस्तो पुसअप गर्न सुरु गरेका थिए । उपचारको सोही कदमलाई उनले आफ्नो किर्तिमानी कार्यमा रुपान्तरण गरेका छन् ।

यसअघि १ मिनेटमा गरिएको सर्वाधिक ह्याण्ड रिलिज पुसअपको किर्तिमानी संख्या ५८ थियो । उक्त किर्तिमानी संख्या भन्दा उनले ६ पटक बढि पुसअप गर्न सफल भए । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार