शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

  • बुधबार, पुस २९, २०७७
बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु
फाइल फाेटाे

कालिकोट —  कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए । #रासस

चर्चामा

सम्बन्धित समाचार