शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा प्रधानमन्त्री विरुद्ध काँग्रेसले प्रर्दशन गर्दै, कैलालीका १० ठाउँमा विरोध सभा

सुदूरपश्चिममा प्रधानमन्त्री विरुद्ध काँग्रेसले प्रर्दशन गर्दै, कैलालीका १० ठाउँमा विरोध सभा

  • शनिबार, पुस २५, २०७७
सुदूरपश्चिममा प्रधानमन्त्री विरुद्ध काँग्रेसले प्रर्दशन गर्दै, कैलालीका १० ठाउँमा विरोध सभा

धनगढी — प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सुदूरपश्चिममा पनि प्रर्दशन गर्ने भएको छ। केन्द्रीय कार्य समितिको निर्णयअनुसार काँग्रेसले कैलालीसहित सुदूरपश्चिमका ९ जिल्लाका विभिन्न स्थानमा शनिबार दिउँसो विरोध प्रर्दशन गर्ने जनाएको छ।

ग्रेसले कैलालीमा मात्र १० ठाउँमा प्रर्दशनसहित विरोध सभाको आयोजना गर्दैछ। नेपाली काँग्रेस कैलालीका नेता नृपबहादुर सुनारले धनगढी सहित जिल्लाका विभिन्न १० स्थानमा विरोध सभाको आयोजना गरिएको बताए। उनका अनुसार दिउँसो १२ बजे धनगढीको पार्क मोड, फूलबारी, गोदावरी नगरपालिकाको अत्तरिया, गौरीगंगा नगरपालिकाको मसुरिया, पहलमानपुरमा पनि विरोध सभाको आयोजना गरिएको छ।

यस्तै बौनिया बजार, टीकापुर, जोशीपुर, हसुलिया र लम्कीमा पनि प्रर्दशनसहित विरोध सभाको आयोजना गरिने काँग्रेसले जनाएको छ। जिल्लामा शनिबार आयोजना हुने विरोध सभामा केन्द्रीय तहका नेताको भने सहभागित नरहेको सुनारले बताए। उनका अनुसार प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला स्तरीय नेताले भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक काम गरेको विरोधमा काँग्रेसले प्रर्दशन गरिरहेको हो।

चर्चामा

सम्बन्धित समाचार