शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • शिक्षक हत्याको एक महिना : परिवार विस्थापित, हत्याराको छेउसम्म पुगेन प्रहरी

शिक्षक हत्याको एक महिना : परिवार विस्थापित, हत्याराको छेउसम्म पुगेन प्रहरी

  • शुक्रबार, पुस २४, २०७७
शिक्षक हत्याको एक महिना : परिवार विस्थापित, हत्याराको छेउसम्म पुगेन प्रहरी

मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको विप्लव समूहको कार्यकर्ताबाट हत्या भएको बिहीबार एक महिना पूरा भएको छ । तर अहिलेसम्म उनको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न ६ जना पुरुषको पहिचान भएको छ । तिनीहरुको खोजीमा प्रहरी टोली परिचालन भएको छ । स्रोतका अनुसार शिक्षक हत्यामा मोरङका २ जनाको संलग्नता छ । ताप्लेजुङ, भोजपुर, संखुवासभा र खोटाङका एक–एक जना छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संलग्नको खोजी तीब्र बनाइएको बताए । ‘हामी घटनामा संलग्नको खोजी कार्य गरिरहेका छौं’ उनले भने, ‘सुरक्षा सतर्कता पनि उच्च बनाएका छौं ।’

परिवार विस्थापित, गाउँमा त्रास

शिक्षक श्रेष्ठको हत्यापछि उनकी पत्नी मिक्लाजुङ गाउँपालिका– २ मा रहेको घरमा बसाई सरेकी छन् । यसअघि श्रेष्ठ र उनकी पत्नी धनकुमारी मिक्लाजुङ–१ बर्खेमा बस्दै आएका थिए । पतिको हत्यापछि धनकुमारी छोरा छत्रको घरमा बस्न थालेकी वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिए । राईका अनुसार हत्यापछि गाउँमा फैलिएको त्रास अझै कायम छ ।

त्यस क्षेत्रमा हालै सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट राखेको छ । सुरक्षा युनिट रहेपनि डर भने रहिरहेको वडाध्यक्ष राईले बताए । मिक्लाजुङको उत्तरी विकट क्षेत्रमा पातलो बस्ती छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीको प्रभाव क्षेत्र रहेको मिक्लाजुङको माथिल्लो क्षेत्र पछिल्लो समय विप्लव समूहको सेल्टर मानिन्छ ।

पाँचथर इलाम, धनकुटा र मोरङको सीमा क्षेत्र रहेको मिक्लाजुङमा शैन्य अभ्यास पनि हुने गर्छ । तर शिक्षक हत्यापछि सो क्षेत्रमा प्रहरीको उपस्थिति बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार