बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सेक्स टेप प्रकरणमा बेन्जेमा अदालतमा तानिँदै

सेक्स टेप प्रकरणमा बेन्जेमा अदालतमा तानिँदै

  • शुक्रबार, पुस २४, २०७७
सेक्स टेप प्रकरणमा बेन्जेमा अदालतमा तानिँदै

एजेन्सी — माथेयु भालबुएना सेक्स टेप प्रकरणमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोप छ ।

एएफपीका अनुसार बेन्जेमालाई भर्साइल्सका प्रासिक्युटर अफिसले उनको मुद्दा अदालतमा लगिने जानकारी दिएका छन् । यद्यपि, कुन मितिमा भने खुलाइएको छैन ।

यसबारे समाचार प्रकाशित भएपछि बेन्जेमाका वकिलले ब्ल्याकमेलिङको आरोप लगाएर आफ्नो क्लाइन्टमाथि षडयनत्र भइरहेको दाबी गरे । ईएफई न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘उनीविरुद्ध मुद्दा चालउने निर्णय अनुचित छ । यस मुद्दामा बेन्जेमाले लाज मान्नुपर्ने केही कुरा छैन ।’ भाल्बुएनाका वकिल पाउल अल्बर्ट इविन्सले भने यो मुद्दा जायज भएको जिकिर गरे ।

उता, बेन्जेमाले पनि पटक–पटक यस विषयमा स्पष्टिकरण दिँदै आएका छन् । उनले भाल्बुएनाले आफूलाई यस मुद्दामा जबरजस्ती तानेको आरोप लगाएका छन् ।

बेन्जेमाले यस प्रकरणमा आफू निर्दोष रहेको बताए पनि यही प्रकरणका कारण उनलाई फ्रान्सको अन्तर्राष्ट्रिय फुटबल टोलीमा समावेश गर्न छाडिएको छ । रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन जारी राखे पनि ३३ वर्षीय खेलाडीले फ्रान्सका लागि सन् २०१५ को नोभेम्बर यता कुनै पनि खेल खेलेका छैनन् । त्यसअघि उनले फ्रान्सका लागि ८१ खेल खेलेका थिए ।

यता रियलका लागि बेन्जेमाले ५३३ खेलमा २६१ गोल गरिसकेका छन् । रोनाल्डोले स्यान्टियागो बर्नेबाउ छाडेपछि बेन्जेमाले सन् २०१९–२० सिजनमा रियललाई ला लिगा उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

चर्चामा

सम्बन्धित समाचार