शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कतै शीर छेदन, कतै काटिन्छ यौनाङ्गः बलात्कारीलाई यी देशमा सबैभन्दा कडा सजाय

कतै शीर छेदन, कतै काटिन्छ यौनाङ्गः बलात्कारीलाई यी देशमा सबैभन्दा कडा सजाय

  • मङ्लबार, पुस २१, २०७७
कतै शीर छेदन, कतै काटिन्छ यौनाङ्गः बलात्कारीलाई यी देशमा सबैभन्दा कडा सजाय

इन्डोनेशियाले हालै आफ्नो एक विवादित कानूनलाई बलियो बनाउँदै एक सरकारी नियमावली पास गरेको छ जसअनुसार बालबालिकामाथि यौन शोषण गर्ने मानिसहरुललाई रसायनिक तरिकाले बन्ध्याकरण गरिनेछ । यो प्रक्रियालाई केमिकल क्यास्ट्रेशन पनि भनिन्छ । यस्ता अपराधीलाई इन्जेक्सनको सहारामा एक सोल्युसन दिइनेछ र यसमार्फत् उनीहरुको टेस्टोस्टेरोन हर्मोन निकै कम हुनेछ र यी अपराधीको यौन इच्छा लगभग समाप्त हुनेछ । यसअघि पनि इन्डोनेसियाले बलात्कारका दोषीलाई सजाय दिनका लागि विभिन्न कदम उठाइसकेको छ । आउनुहोस्, यस्तै केही देशबारे जानकारी लिऔं जहाँ बलात्कार गर्दा निकै कडा सजाय दिइन्छ ।

साउदी अरबः

साउदी अरब एउटा यस्तो देश हो जहाँ इस्लामिक शरिया कानूनलाई मान्यता दिइएको छ । यो देशमा बलात्कारको विषयमा निकै कडा सजायको प्रावधान छ । यदि कुनै पनि व्यक्ति बलात्कारको दोषी पाइन्छ भने उनीहरुलाई सार्वजनिक रुपमा शीर छेदन गरिन्छ । त्यसपछि शरीर र टाउको गाँसेर राखिन्छ । साथै, बलात्कारीलाई ढुङ्गाले हानी हानी पनि हत्या गरिने कानून छ । यो देशबाहेक अफगानिस्तान, इराक र इरानमा पनि बलात्कारीलाई मृत्युदण्डको सजाय दिइन्छ ।

चीनः

चीनमा पनि बलात्कारका दोषीलाई मृत्युदण्डको सजाय दिइन्छ । चीनमा यो अपराधलाई जतिसक्दो चाँडो सजाय दिइन्छ । मेडिकल जाँचमा प्रमाणित भएपछि ट्रायल बिना नै मृत्युदण्ड दिइन्छ । यो जघन्य अपराधमा बलात्कारीको यौनाङ्ग पनि काटिइन्छ र अन्ततः मृत्युदण्ड दिइन्छ ।

नाइजेरियाः

नाइजेरियामा केहि समय अघि मात्रै सरकारले बलात्कारीलाई सजायको रुपमा नपुंसक बनाइने र यदि बलात्कार १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामाथि गरिए अपराधीलाई फाँसी दिइनेछ । यो निर्णय कोरोना कालमा बढ्दो बलात्कारको घटनालाई मध्यनजर गर्दै लिइएको हो ।

चेक रिपब्लिकः

चेक रिपब्लिकमा बलात्कारका लागि सर्जिकल क्यास्ट्रेशनको कानून छ । अर्थात्, यदि कसैमाथि बलात्कार गरिएको पुष्टि भए व्यक्तिलाई शल्यक्रिया गरेर नपुंसक बनाइन्छ । पछिल्लो थुप्रै वर्षदेखि यो देशमा यो कानून लागू छ । यद्यपि, थुप्रै मानवाधिकार कार्यकर्ता यो कानूनको विरोध गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार