बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • राष्ट्रपतिविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

राष्ट्रपतिविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

  • आइतवार, पुस १९, २०७७
राष्ट्रपतिविरुद्ध आपत्तिजनक नारा लगाउने नेतालाई खोज्दै प्रहरी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।

संसद विघटनको विपक्षमा गत मंगलबार भएको प्रदर्शनका क्रममा अमर्यादित नारा लगाउने व्यक्तिको प्रहरीले खोजी गरिरहेको हो । गत मंगलबार नेकपा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनका क्रममा आपत्तिजनक नाराबाजी गरिएपछि यस विषयमा बालुवाटारले पनि चासो देखाएको थियो । गृह मन्त्रालय पुगेर महिला नेतृहरुले कारबाहीको माग समेत गरेका थिए ।

त्यसपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ । स्रोतका अनुसार त्यसरी नाराबाजी गर्ने व्यक्ति पूर्वमाओवादी समूहका नेता हुन् ।

प्रहरीका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दार्चुला, मार्मा गाउँ कमिटीका अध्यक्ष नरबहादुर विष्टले अभद्र नारा लगाएको खुलेको छ । विष्ट माओवादीका तर्फबाट राष्ट्रिय युवा संघका सदस्य समेत रहेको प्रहरी बताउँछ । विष्ट भने काठमाडौं छाडेर भागिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार