बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • सबैतिरबाट ठगिएको बाजुराको मुक्तीकोट गाउँ

सबैतिरबाट ठगिएको बाजुराको मुक्तीकोट गाउँ

  • शनिबार, पुस ११, २०७७
सबैतिरबाट ठगिएको बाजुराको मुक्तीकोट गाउँ
लक्ष्मीराज पाध्याय

हाल मुक्तीकोट गाउँ साबिकको बाजुरा जिल्लाको साप्पाटा गाबिस र हाल स्वामिकार्तिक खापर गाउँपालिकामा पर्दछ । सो गाउँ टाढाबाट हेर्दा नजिकै घर राम्रो देखीन्छ । तर त्यहा जब नजिक गएर हेर्ने हो भने त्यहाको पिडाको भारी कसैले उचाल्न सक्दैन ।
सो बस्तीमा अधिकाङस दलितहरुको बसोबास रहेको छ । त्यस वरपरका छिमेकहरुमा अन्य जातजातीका मानिसहरुको पनी बसोबास छ ।
सो गाउँमा त्यहा को दलित को बाहुन को उच को निच छुट्याउनै गारो हुन्छ । त्यहाका सबैको हुलिया अर्थात रहन सहन पहिरन खानपिन सबै एकै किसिमको देखीन्छ ।
सो बस्ती उजाड देखीन्छ र हो पनी त्यो क्षेत्रमा बर्षायाममा पनी बिरलै पानी पर्छ खानेपानीका लागि पनी हाहाकार हुने सो बस्तीमा हालसम्मका कुनै पनी शासन ब्यबस्थाले त्यहा पानी पुर्याउन सकिरहेको अबस्था देखीदैन ।
उसो त त्यसैको पारी पारीपट्टी देखीने कालिकोट जिल्लामा जो सिमा क्षेत्र पनी हो त्यहा सडक पुगेको देखीन्छ त्यसै गाउँका वारीपट्टी रहेको बाजुराकै जगन्नाथ गाउँपालिका साबिकको गोत्रि गाबिसका सबै गाउँ टोलमा सडक संजालले छोएको छ भने कणर्ली करिडोर सडक त्यही ठाउँबाट गएको छ ।
जगन्नाथको पारीपट्टी देखीने कणाली पारीको सो गाउँमा खानेपानी पहिलो प्राथमिकतामा परेको छ । हाल सम्म खानेपानी भन्दा भन्दै त्यहा जनताहरु आशामा रहेका छन सडकको कुनै कुरै छैन सोही गाउँमा रहेको गाउँपालिकाले त्यहाँ सडक पुर्याउन सकिरहेको छैन । सो बस्तीबाट करिव ६ किलोमिटर परसम्म मात्रै सडक पुर्याएको देखीन्छ ।
केही समय अगाडी सम्म डुमकोटले चिनिने सो बस्तीको नाम द्धन्द्ध कालिन अबस्थामा नेकपा माओबादीहरुले परिर्बतन गरिदिएका थिए । माओबादीले नाम परिर्वतन गरिसकेपछि सो बस्तीको नाम मुक्तीकोट राखीएको हो । सो बस्तै सबैको नजिरमा एकदमै टाढा भएकोले तत्कालिन बिद्रोहको रुपमा गएको नेकपा माओबादीहरुले त्यही ठाउँमा बस्ने गरेका थिए र सो गाउँको नाम परिर्वतन गरेको तत्काली नेकपा माओबादीका एक नेताले बताए । डुम भन्ने शब्द असभ्य लागेर हामीले सो गाउँको नाम डुमकोट बाट परिर्बतन गरी मुक्तीकोट राखेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार