शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • शिक्षिकालाई ३ बर्षको तलव दिएर पक्राउ परेका प्रअ र बिब्यस अध्यक्ष छुटे

शिक्षिकालाई ३ बर्षको तलव दिएर पक्राउ परेका प्रअ र बिब्यस अध्यक्ष छुटे

न्याय पाइन शिक्षिका सिता तिमिल्सेनाले

  • बुधबार, मंसिर १७, २०७७
शिक्षिकालाई ३ बर्षको तलव दिएर पक्राउ परेका प्रअ र बिब्यस अध्यक्ष छुटे

बाजुरा —  बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ स्थित कालिका आधारभुत बिध्यालयका प्रअ मानसिहं बिष्ट र बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा नेकपा बुढिनन्दा नगरपालिकाका अध्यक्ष समेत रहेका  जंगबिर रोकायाले ३ बर्षदेखी तलव नदिएका कारण पक्राउ परी दुबै जना छुटेका छन । बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो र सरकारी कागजात नष्ट गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरि असुलउपर गराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रअ मानसिंह बिष्ट र अध्यक्ष जंगबिर राेकाया मिलेर एक शिक्षीकाको तलव नदिनुका साथै बिद्यालयमा रहेका कागजातहरु नष्ट गरेको आरोपमा उनलाइ पक्राउ गरी तलव वाफतको रकम १ लाख २ हजार असुल उपर गराइ छोडीदिएको प्रहरीको भनाई रहेको छ ।

शिक्षिका सिता तिमिल्सेनाले बिगत ३ बर्षदेखी तलव नपाएको भन्दै बिभिन्न निकायमा गुहार समेत मागेकी थिइन शिक्षिका तिमिल्सेना लागयत ५ जना शिक्षकहरुले २०७५ देखी हाल सम्म तलव नपाएको र सुचना माग्दा अध्यक्ष र प्रअ दुबै जनाले आलटाल गरी उल्टै थर्काउने धम्काउने काम गर्दै आएका पिडीत शिक्षिका कानुनी बाटो रोजेर आफुले पाउनुपर्ने सबै तलव पाएको उनले बताएकी छन ।
शिक्षिका तिमिल्सीनाले बिभिन्न तालुक निकायमा आफुले तलव नपाएको भनी निबेदन दिएको र उनले के कती कारणले तलव नपाएको र बिद्यालयले नदिएको भन्ने बिषयमा दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइ तलव नपाएकी शिक्षिकाको तलव उपलब्ध गराई छोडीएको जनाएको छ ।
बडिमालिका खवरले पिडीत शिक्षिकाको बिषयमा पटक पटक समस्यालाई उठान गर्दै आएको थियो । बडिमालिका खवरले पिडीतको बिषयमा उठाएको सवालले सार्थकता पाएको छ । बडिमालिका खवरले जहिल्यै अन्याय अत्याचार भ्रस्टचारका बिरुद्ध पिडीत र अन्यायमा परेका समुदायमा काम गर्दै आएको छ ।

सम्बन्धीत समाचार

शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष पक्राउ

तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा

तिन बर्षदेखी शिक्षिकाले तलव नपाएरै बित्यो, न्यायीक समिति पनि मौन (अडियाे रेकर्ड सहित)

चर्चामा

सम्बन्धित समाचार