बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष पक्राउ

शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष पक्राउ

  • मङ्लबार, मंसिर १६, २०७७
शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष  पक्राउ

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ स्थित कालिका आधारभुत बिध्यालयका प्रअ मानसिहं बिष्ट र बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा नेकपा बुढिनन्दा नगरकमीटी अध्यक्ष जंगबिर रोकाया पक्राउ परेका छन । बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो र सरकारी कागजात नष्ट गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले दुबै जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन । एक शिक्षीकाको तलव नदिनुका साथै बिद्यालयमा रहेका सरकारी कागजातहरु नष्ट गरेको आरोपमा उनलाइ पक्राउ गरेको प्रहरी प्रमुख महराले बताएका छन । कालिका निम्न बिद्यालयकी शिक्षिका सिता तिमिल्सेनाले बिगत ३ बर्षदेखी तलव नपाएको भन्दै बिभिन्न निकायमा गुहार समेत मागेकी थिइन शिक्षिका तिमिल्सेना लागयत ५ जना शिक्षकहरुले २०७५ देखी हाल सम्म तलव नपाएको र सुचना माग्दा अध्यक्ष र प्रअ दुबै जनाले आलटाल गरी अध्यक्ष राेकायाले त  उल्टै नेकपाकाे नगर कमिटि अध्यक्ष हुँ भन्दै थर्काउने धम्काउने काम गर्दै आएकाे पिडीत शिक्षिकाले बताएकी छन ।
शिक्षिका तिमिल्सीनाले बिभिन्न तालुक निकायमा आफुले तलव नपाएको भनी निबेदन दिएको र उनले के कती कारणले तलव नपाएको र बिद्यालयले नदिएको भन्ने बिषयमा दुबै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी प्रमुख महाराले जानकारी दिएका छन ।
सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जंगबिर रोकायाले केही दिन पहिले बडिमालिका मिडिया हाउसको कार्यालयमा आएर म नेकपा बुढिनन्दा नगर कमिटिको अध्यक्ष पनी हो मेरो बिषयमा किन समाचार लेखेको म तलीगोठी देउता हाल्छु भन्दै धम्की समेत दिएका थिए । अध्यक्ष रोकाया नेकपा बुढिनन्दा नगर कमिटिका अध्यक्ष समेत रहेको बताउदै बिभिन्न धम्की दिदै आएको पिडीत शिक्षिका र शिक्षकहरुको दुखेसो समेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार