शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा

तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा

  • बिहिबार, मंसिर ४, २०७७
तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ स्थित कालिका आधारभुत बिध्यालयका प्रअ मानसिहं बिष्टलाइ कानुनी कटघेरामा ल्याईएको छ । बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो बिभिन्न निकायमा गरेसंगै उनलाई कानुनी कानुनी उपचारका लागि इलाका प्रहरी चौकी कोल्टीमा बोलाएको कोल्टी प्रहरीले जनाएको छ । २०७५ चैत्र १२ गते सम्मको तलबमा रु २८ हजार तलब पाउन बाकी रहेको र त्यस पछि हाल सम्मको तलब नै नदिएको शिक्षीका सिता तिमिल्सेनाले बताएकी छन ।
शिक्षिका तिमिल्सीनाले बिभिन्न तालुक निकायमा आफुले तलव नपाएको भनी निबेदन दिएको र उनले के कती कारणले तलव नपाएको र बिद्यालयले नदिएको भन्ने बिषयमा इलाका प्रहरी चौकी कोल्टीमा बुधबार मात्रै बोलाएको इलाका प्रहरी चौकी कोल्टीले बडिमालिका खवरलाइ जानकारी दिएको छ ।
प्रअ मानसिहं बिष्टले अहिले बिध्यालय संचालनमा नभएको र ७ गते बिद्यालय संचालन भईसकेपछी ९ गते कागजात सहित प्रहरी चौकीमा उपस्थित हुने  प्रहरीले जनाएको छ । यसरी नै तलब नदिएको भनि पुराना शिक्षक कल्पना भाटले पनि न्यायिक समितिमा उजुरी हालेकि छन।पुरानो शिक्षक जनक पण्डित, धर्म बिक, राजेन्द्र तिमिल्सीना लगाएत सबैलाइ यसरी नै तलव नदिएकाे बताएका छन् ।
२०७४ साल जेठ महिनामा कालिका आधारभूत विद्यालय भुल्यानामा विद्यालय व्यवस्थापन समितिको वैठकको निणर्यले निम्न माध्यमिक तहको अंग्रेजी विषय शिक्षकमा निजी स्रोत बाट छ हजार पांच सय तलब खाने गरि निणर्य गरी नियुक्ति गरेको भए पनी शिक्षिका सिता तिमिल्सेनाले हाल सम्म तलव नपाएको गुनासो गरेकी छन ।
२०७४ को शैक्षिक सत्र सकिए पछि,२०७५ देखी स्कुलमा यति तलबमा म काम गर्न सक्दैन भन्दा २०७४ कै तलब नदिएर बाध्यात्मक रुप बाट तलब बढाउछु भनेर आश्वासन दिएर ,पहिलेको तलब पुरै दिएपछि स्कुलमा पढाउन आउदिन भनेर विव्यस अध्यक्षले तलब समेत रोकेर जबरदस्त स्कुलमा पढाउन लगाएको भए पनि हाल सम्म तलव नदिई बिद्यालय ब्यबस्थापन समितिले र त्यहाका प्रअले आफ्नो नामाको तलब समेत खाईदिएको बताएकी छन ।
२०७५को पुसमा पुनः विव्यस बैठक बसी परिचर तारा वि.क र निमावि शिक्षक आफुलाइ ५ हजार तलब बढाउने निणर्य गर्यो र मौखिक रुपमा विव्यस अध्यक्ष जंगवीर रोकायाले तलब ११ हजार ५ सय भए पनि १२ हजार दिन्छु भनेको भए पनी हाल सम्म ब्यतलबी काम गरेको शिक्षिका तिमिल्सीनाले बताइन । २०७६ वैशाख देखी अब पढाउन सक्दिन म, अपहेलित भएर बस्न सक्दिन एक त तलब पनि नदिने उसैमाथी न्युनतम पारिश्रमिक पनि छैन भनेर भन्दा बिब्यसले हुन्छ दिन्छौ भनेरै बाध्यात्मक ढंगबाट रोकेको कुरा उनले बडिमालिका खवरलाइ बताइन ।
२०७५ चैत्र यता तलब पाएको छैन। मेरो नाममा प्रअ र विव्यस अध्यक्ष मिलेर तलब लिएको भनि कृत्य भौचर बनाएर ५ हजार दिएको मा १० हजार,१८ हजार दिएकोमा २५ हजार बनाएर पैसा खाएको देखिएको उनले बताइन । जुन कुरा प्र अ मानसिङ विष्टले स्वीकार गरेका छन । (फोन रेकर्ड छ) यसरी शिक्षकलाई निजी स्रोतमा राख्दै तलब नदिएर पठाउने जंगविर प्रवृत्ति रहेछ उनले भनिन ।
यसरी नै छात्रवृत्तिको रकम हिनामिना गर्ने, स्कुलमा नपढ्ने बाहिरका विद्यार्थीहरुको पनि नक्कली सर्टिफिकेट बनाउने र पैसा लिने गरेको श्रोतले जनाएको छ । तर शिक्षा सरोकारवाला, विनि,स्रोतव्यक्तिहरु नगरपालिका पनि यस विषयमा मौन रहेको स्थानीयको पनी दुखेसो रहेको छ ।
यता विद्यालयबाट विव्यस वैठकमा गरेका निणर्यका रजिस्टरहरु गायव गरिएका छन।, हाजिरी रजिस्टर गायब गरिदैछन। विद्यालयको सम्पत्ति घरघरमा लगेर थन्क्याउन पाइन्छ? (तलब बढाएको निणर्य गर्ने वैठकका अन्य उपस्थित तत्कालीन प्रअ नन्दु रौले, विव्यसका अन्य सदस्य कपुर विक‘.,कार्यरत अन्य शिक्षकहरु तारा सर, मनिचन्द्र सर हरु पनि प्रमाण नै हुन उनले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार