शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

  • मङ्लबार, मंसिर २, २०७७
राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३–००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो ।

साथै गाडीमा रहेका केही कुखुरामा क्षति पु¥याएको प्रहरीले जनाएको छ । पक्राउ परेका युवामाथि थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

चर्चामा

सम्बन्धित समाचार