मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • टाउको जोडिएका जुम्ल्याहा अपरेशनपछि घर फर्किए

टाउको जोडिएका जुम्ल्याहा अपरेशनपछि घर फर्किए

  • बुधबार, कार्तिक २६, २०७७
टाउको जोडिएका जुम्ल्याहा अपरेशनपछि घर फर्किए

टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् ।

सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । जसमा उनीहरुले अपरेशन थिएटरमा ५० घण्टा बढी समय बिताउन परेको थियो । उनीहरुको आमा जानियाब बिबीले परिवारका अन्य सदस्यहरुसँग घर फर्काउन पाउँदा आफू निकै हर्षित भएको बताइन् ।

‘उनीहरुको स्वास्थ्य अवस्था राम्रो छ । मर्वाको अवस्थामा राम्रो सुधार भइरहेको र उनलाई कमै सहायता चाहिन्छ,’ उनले भनिन्, ‘सफालाई भने अलि बढी ध्यान दिनुपर्छ । भगवानको कृपाले एक दिन दुबै हिँड्न सक्नेछन् ।’

शरीर जोडिएर जन्मने जुम्ल्याहाहरु निकै दुर्लभ हुन्छन् । त्यसमाथि त्यस्ता २० जुम्ल्याहामध्ये १ जोडीको मात्र टाउको जोडिएर जन्मन्छन् । यस्ता जुम्ल्याहाहरु धेरै समय बाँच्न सक्दैनन् ।

यी जुम्ल्यहालाई सन् २०१९ को फेब्रुअरीमा सफलतापूर्वक अलग गरिएको थियो । त्यसयता उनीहरु आफ्नो आमा र अंकलको साथमा लण्डनमा नै बस्दै आएका थिए । उनीहरुको उपचार तथा बसोबासमा लागेको करिब १० लाख पाउन्डको खर्च पाकिस्तानका व्यवसायी मुर्तजा लखानीले व्यहोरेका थिए । साढे तीन वर्षका ती बालिकाहरुलाई हिँड्न सहयोग गर्न अहिले फिजिकल थेरापी भइरहेको छ । दुवैलाई सिक्न भने कठिनाइ भइरहेको छ । स्रोतः बीबीसी

चर्चामा

सम्बन्धित समाचार