शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • ‘ह्वेलको पुच्छर’ले रोक्यो मेट्रो रेलको भयानक दुर्घटना

‘ह्वेलको पुच्छर’ले रोक्यो मेट्रो रेलको भयानक दुर्घटना

  • बुधबार, कार्तिक १९, २०७७
‘ह्वेलको पुच्छर’ले रोक्यो मेट्रो रेलको भयानक दुर्घटना

नेदरल्याण्डमा स्टेसनको बार तोडेर अनियन्त्रितरुपमा अगाडि बढेको एउटा मेट्रो रेल ‘ह्वेलको पुच्छर’का कारण भयानक दुर्घटनाबाट जोगिएको छ ।

मिडिया रिपोर्टअनुसार घटनामा रेलको एउटा डिब्बामा क्षति पुगेको छ तथापि ह्वेलको पुच्छरको विशाल मूर्तिमा रेल अड्किएर खस्न नपाउँदा रेलका यात्रुहरुको जीवन बँचेको छ । स्टेसनबाट उछिटि्एको रेल ह्वेलको विशाल मूर्तिमा अड्किएर खस्नबाट जोगिएको तस्वीर निकै भयानक देखिन्छ । यस घटनालाई अधिकारीहरुले चामत्कारिक भनेका छन् ।

नेदरल्याण्डको स्पिजेनकिसे सहरस्थित एक मेट्रो स्टेसनमा यो दुर्घटना भएको हो । रेलले अचानक आफ्नो नियन्त्रण गुमाउँदै स्टेसनको ट्रयाकको अन्तिम विन्दुमा रहेको बारसमेत तोडेर हावामा अगाडि बढेको थियो । हावामा केहीबेर अगाडि बढेको रेल संयोगवस त्यहाँ ठडिएको ह्वेलको मूर्तिको पुच्छरको भागमा अड्किन पुग्यो र त्यसभन्दा अगाडि बढ्नबाट रोकियो ।

यदि ह्वेलको मूर्तिले मेट्रो रेललाई नरोकेको भए त्यो तल भुईँमा बजारिएर ठूलो दुर्घटना हुने र त्यसबाट भयानक मानवीय क्षति हुने आँकलन अधिकारीहरुको छ ।

घटनाको छानबिनका लागि एक टिम गठन गरी रेलको ड्राइभरसँग सोधपुछ गरिएको छ । रेलभित्रबाट यात्रुहरुलाई सुरक्षितरुपमा बाहिर निकालियो भने रेललाई पनि स्टेसनमा तान्ने प्रयास गरिएको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार