बुधबार, मंसिर १०, २०७७

एकता समाज

  • मङ्लबार, कार्तिक १८, २०७७
एकता समाज

भारत स्थित नेपाली श्रमजिवीहरुको अभिभाबकको रुपमा रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आगामि ७ नोभेम्वरको आफ्नो बयालिसौँ दिबश मनाउँनेछ।एकता समाज सात नोभेम्वर सन १९७९मा भारतको ऐतिहाशिक र प्राचिन सहर बनारसमा सात जना नेपाली हरुले गठन गर्नु भयको थियो।
श्री गोबिन्द सिहँ थापा-सभापती,श्री रामचन्द्र शर्मा उपाध्याक्षा,श्री पदम राना-मन्त्रि,श्री दण्डपाणी न्यौपाने-उप मन्त्रि,श्री राजू नेपाली,श्री रतन बहादुर,श्री दुर्गा प्रसाद शर्मा तिन जना सदस्यहरु गरि सात जना संस्थापक थिए।जस्मा अहिले पनि तिन जना जिबितनै हुँनु हुन्छ।मलाई जानकारि भयनुसार दुर्गाप्रसाद शर्मा ६३बर्षको आयुमा माघ २६गते२०७२सालमा र पदम बहादुर रानाको बैसाख२गते२०७६साल पाल्पामा निधन भयो।बाँकिको मलाई जानकारी छैन।(कृपया कसैलाई जानकारी भय नोट गराउँनुहोला)
संगठनको सात सदस्यिय केन्द्रिय संगठनले यो बिशाल भारत र यँहा छरिएका आम सोशित पिडित नेपाली श्रमजिवीहरुलाई एउटै झण्डामा गोल बन्द गर्ने निर्णय गरे।तर संगठनमा ब्यापकता आउँन सकेन पछि सन१९८१जुन महिनामा एकता समाजको अस्थाई समीतिको पूर्नगठन भयो।
गोबिन्द सिहँ थापाको सभापतित्वमा,उप सभापति रामचन्द्र शर्मा,सचिब प्रकाश शर्मा,कोषाध्यक्ष रामप्रकाश शर्मा,सदस्यहरुमा शालिक राम शर्मा,जितेन्द्र सिहँ ठाकूर,राजू नेपाली,पदम बहादुर राना,अमृत बहादुर थापा रहनु भयो।यसपछि लगातै ५/७सेप्टेम्वर सन १९८२मा दिल्लिमा समाजको प्रथम अखिल भारत सम्मेलन सम्पन्न भयो।पुर्नगठन पछिको छोँटो अभदिमै अखिल भारत स्तरको सम्मेलन भब्य रुपमा दिल्लिको निलकण्ठ भबनमा सम्पन्न भयो।दोस्रो अखिल भारत सम्मेलन १०-१४दिसम्मबर सन१९८५मा दिल्लिमै सम्पन्न भयो।तेस्रो सम्मेलन-र प्रथम दशाब्दि समारोह-कानपुरको मोति झिल स्थित लाजपत भवनमा १३-१६नोभेम्वर सन१९८९मा सम्मपन्न भयो।चौथो सम्मेलन-१५-१६फर्वरी सन१९९५मा दिल्लिको सिबिल लाईन स्थित साहा अडिटोरियम मा सम्पन्न भयो।पाँचौ अखिल भारत सम्मेलन १०-१३फर्वरी२००२मा आन्द्रा प्रदेशको सिकन्द्रावाद(हैद्रावाद)अग्रसैन भवनमा सम्पन्न भयो।छैठौँ अखिल भारत सम्मेलन-फरिदाबादमा १३-१५सन२००९मा सम्पन्न भयो।सातौँ अखिल भारत सम्मेलन-२१-२३सेप्टेम्बर२०१४को लखनौमा सम्पन्न भयो।गठन काल देखि तेस्रो सम्मेलन सम्म श्री गोबिन्द सिहँ थापा नै अधक्ष रहनु भयो।चौथो सम्मेलन बाट अधक्षामा परिवर्तन भयको थियो जस्ले लिलानाथ कुसुम लाई अधक्षा निर्वाचित गय्रो।
अखिल भारत नेपाली एकता समाजको अँघि मूलप्रवाह थप्ने ऐतिहाशिक निर्णय पाँचौ सम्मेलनले गरेको थियो।त्यसपछि “मूलप्रवाह अखिल भारत नेपाली एकता समाज”को नाम बाट चिनिन्छ।
छैठौँ सम्मेलनमा भारतमा भयका अन्या संगठनहरु लाई मूलप्रवाहमा समायोजित गर्ने निर्णय भयो।र केन्द्रिय परिषदको निर्माण गर्ने ठेगान गय्रो।हुँन ता प्रथम सम्मेलनलेपनि ‘जर्नल कौन्सिल’गठन गरेको थियो।
समाजलाई नामले भन्दा जनतमा संगठनको कामले चिनाएको हो।सुरुवाति द्वौरमा संगठनका साथिहरुलाई भारतको सहरहरुमा झोला राख्ने ठाउँ पाउँन गारो हुँन्थ्यो समस्या थियो,उनिहरुलाई आम जनताले बास दिन पनि डर मान्दथे।अखिलको नाम बाटपनि मानिसहरु डराउँथे,भारतमा ठुलो संकट कष्ट झेलेर संगठनको निर्मणा र बिकास भयको सबैलाई ज्ञातनै छ।नयाँ पुस्ताका साथि हरुले पनि संगठनको बारेमा अध्यायन गरेपछि सबै छर्लङ्गै हुँन्छ।
संगठन वास्तबमा भारत स्थित नेपालीहरुको बिचमा भै आई परेका समस्या समाधान गर्ने,उनिहरुको कुलत छुडाएर आफ्नो भाषा साँस्कृतिकको अध्यायन र पठन-पाठन गर्न प्रौड शिक्षाको ब्यबस्था गर्ने,वाचनालय खोल्ने,खेल कुदको आयोजना गर्ने र नेपालीहरु लाई साररिक मानसिक रुपबाट बिकास गर्ने आदी एउटा स्वच्छ सामाजिक संगठनको रुपमा गठन भयो।हामिले यि सबै कुरा बुझेपछि संगठन लाई नेपालमा भयको तत्कालिन निरंकुश पञ्चायति तानासाही ब्यबस्थाको बिरोध गर्नै पर्ने देखापय्रो।किन भने त्यो ब्यबस्ता स्वत्रन्ताको दुश्मन थियो।नेपाली जनतालाई निरंकूशतानै सबै भन्दा प्रमुख दुश्मनको रुपमा देखा पर्न थाल्यो।यँहा बाट राज तन्त्रको बिरुद्ध आवाज उठाउँदा स्व.राजनीतिक आन्दोलननै बन्न पुग्छ।एकता समाजका कार्याक्रतालाई पनि भूमिगत रुपमा काम गर्नुपर्ने बाध्यता त्यो बेला थियो।
संगठनको गठनकाल देखिनै संगठनलाई टुक्राउँने सडयान्त्रपनि हुँदै आयो।कयौँ पटक समाजलाई टुक्रापनि पारियो।संगठनको काम राम्रो ईमान्दारी पुर्वक जनताको हितमा छ भने कसैले जति सुकै कोसिश गरेपनि सखाफ पार्न सक्दैनन।किनकी आस्था लाई लाठि र गोलिले नोक्सान पुराउँन सक्छ क्षाणिक रुपमा तर सखाफ पार्न सक्दैन भन्नेकुरा समाजको सुरुबाट अहिले सम्मको ईतिहाशलाई अध्यायन गर्नेहो भने बुझ्न गारो पर्दैन।समय-समयमा कयौँपटक संगठनलाई तोड्ने र आफ्नो स्वार्थ पुरागर्ने प्रयात्न पनि भयो।हामिले एउटा चौकिदार र भान्सेलाई संसद सम्म पुरायौँ।मज्दुरलाई नेता बनायौँ रिक्सा चलाक लाई कलाकार बनायौ।कुल्लिलाई क्रान्तिकारी बनायौँ थुप्रै अवसरबाद जन्मिए पतन भय।तर संगठन अहिलेपनि आफ्नु मूल लक्षमा अबस्थितछ।यो छुट्टै कुराहो कहिले काँहि कतिपय साथिहरुले बाटो बिराउँछन,कयौँ एकताको आडमा ईमान्दार कार्याक्रता हरुलाई मानसिक प्रात्डना गर्ने दुशसहाश पनि गरेका हुँन्छन।तर उनिहरु को असली अनुहार उदाङ्गिन बेर लाग्दैन।ढिलो चाँडो सबैको सामु छर्लङ्गै दिनको घाम जस्तै बन्नेछ।
भारतमा नेपालीहरु लाई एकता समाजको ठुलो आबस्याकथा थियो।नेपाल देखि आएका आम गरिब मज्दूरको हकमा कसैलेपनि आवाज उठाउँदैन थ्यो।भारत र नेपालको बिचमा भएको शान्ति तथा मैत्रि सन्धि सन १९५०ले नेपालीहरु भारतमा परिश्रम गर्न त आए तर न ता नेपाल सरकारले न भारत सरकारले उनको हक हित रक्षा शुरक्षाको आवाज उठाए।त्यो अबस्थामा आफ्नो रक्षा आफै गर्नु पर्ने बाध्याता आई पय्रो।संगठनले त्यहि काम गय्रो भारत ब्यापि रुपमा समाज भित्र आएका असंख्या ज्वाहार भाटा हरु सँग जुझ्दै संगठनको बिकास गर्दै गयो।त्यो बेला सन१९८१बाटनै नेपाली एकता पत्रिकाले जनताको आवाज बनेर प्रतिनिधित्व गर्न थाल्यो।त्यो लामू समय सम्म जन आवाज बन्यो पछि कतिपय कारणले त्यसमाथि सरकारले रोक लगायो र बन्द भयो।पाँचौ सम्मेलन पछी ‘मूलप्रवाह’बर्ष१-अंक१अगस्त४-५-२००२बाट निर्नतर प्रकासित भयो तर माथि भनेको जस्तै समाजमा कयौ पटक समाजलाई उपयोग गर्ने प्रयातन सफल नभयपछि पलाएन हुँने,समाजलाई टुक्रा पार्ने काम पनि हुँदै आएकोछ।त्यहि शन्दर्भमा त्यो पत्रिका गिरधारी लाल न्यौपाने को नाउँमा दर्ताभयकोले त्यसमा उँहाले दाबि गर्नुभयो र त्यो पत्रिका हामि बाट खोसियो।त्यसपछि नेपाली समाचार नाम बाट बर्ष१-अंक१लाई ९-१०अप्रिल२०११बाट निरन्तरता दियौँ।जो अगाडी आएर१३-१-२०१७बाटसाप्ताहिक पत्रिकाको रुपमा जनताको माझमा जनताको आवाज बोकेर अगाडि बढ्दै छ।पहिले हामिले बिस्वनेपाली साप्ताहिक पत्रिका प्रकासित गरिरहेका थ्यौँ त्यो पत्रिका हाम्रा आदर्णिय मित्रलाल शर्मा(भुसाल)ज्यूको निधन पछि बन्द हुँन पुगेको थियो।
संगठनले भारत ब्यापि रुपमा संगठनको निर्मणा र बिकास गरेकोछ।काश्मिर देखि कन्याकुमारी सम्म रहेका प्रवाशी नेपाली श्रम जिविहरु र सुगौली सन्धिको तहत जमिन सँगै आएका नेपाल मूलका अप्रवाशी नेपालीहरुको हक हित को रक्षा ति सन्धिहरुमा प्रज्वलित अधिकारको बहालीकालागि शंघर्ष गर्दै आएको कुरा कसै बाट लुकेको छैन।
संगठनको उप्र १२मेई सन १९८६मा लागेको झुठ्टा फौजदारी मूद्धा जसमा दश जनामहिला सहित ९६जनालाई लागेको करिब चौबिष बर्ष सम्मको लामू शंघर्ष पछि२१अगस्त २०१०मा मात्र खारेज गय्रो।देशमा चलेको पञ्चायति चुनावको बिरुद्धामा रोष प्रकट गर्दा नेपाल सरकारको मिलि भगतमा भारत जस्तो आफुलाई प्रजातन्त्रको हिमाईति भन्ने हरुले गरेको त्यो आफ्नै सम्बिधानको पनि बर्खिलाफ मुद्धा चौबिस बर्ष सम्म रहयो।
समाजले जनताको लडाई लड्यो प्रतिनिधित्व गय्रो शंघर्ष गय्रो र आज बिस्वमा आफ्नो एकताको मिसाल कायम गर्दै आएकोछ।यो छुट्टै कुराहो कि बिच बिचमा संगठनलाई आफ्नो स्वार्थमा ढाल्ने बिभिन्न अवसरबादी शक्तिहरुले प्रयास गर्दै आएकाछन।कति पय अबस्थामा ईमानदार साथिहरुपनि भड्किन्छन,नदारद हुन्छन,तर बर्गिय आन्दोलनमा ईमानदार बर्ग मुक्तिका लागि भनेर लागेका सदै निरन्तर लागिनै रहेकाछन।संगठन बाट पलाएन भयका वा संगठनलाई छाडेर गएका हरुलेपनि आफु बस्दा सम्म समाजलाई दिएको योगदान भुल्नु पनि हुँदैन।उँहाहरु संस्थापकहरु देखि अहिले सम्मका कयौँ साथिहरु हाम्रो माजमा हुँनु हुँदैन तरपनि उँहाहरुले समाज लाई दिएको योगदान अमिट छ।हो संगठनलाई नियोजित रुपमा टुक्रा पार्ने खालका शडन्त्रकारीहरु सँग डटेर शंघर्ष गर्नु पर्छ।कतिपय अबस्थामा संगठन लाई तहस नहस पार्न कमर कसेकाहरु लाई फाईदा पुराउँदै गएका उन्का पिच्छ लग्गुहरु त्यँहा ठाउँ नपाएर फर्केपछि जुन मान सम्मान गर्ने फुलका माला लगाएर अबिर लगाएर जसरी युद्ध जितेर आएको झैँ स्वागत गर्ने गरिन्छ त्यो ब्यबहारले संगठनका ईमान्दर कार्याक्रताको मनोबल जरुर गिराउँछ।कति पय अबस्थामा गरिएका गलत निर्णयहरु बाट पुराना पिलर हरुका कता कति उनिहरुले जरा खनेको जस्तो महेशुर्ष हुँन्छ।तरपनि हामि कसैका दुधपछि आएका होईनौ सँगठानिक रुपमा स्वायँसेवक बनेर आएका हरुलाई कसैले गालि गर्दैमा अपमान गर्दैमा शंघर्ष को मैदानबाट भाग्ने छैनौ भन्ने मलाई लाग्छ।यो छोटो लेख नभयर एउटा संगठनको शंक्षिप्तमा गरेको समरणनै हो।यो आन्दोलनले आदर्णिय शोभाखर धनञ्जय,बिध्या ढकाल,जयलाल शर्मा,हरिलाल शर्मा, मित्रलाल शर्मा,खडक बहादुर जीसी,लिलानाथ कुसुम लगायत थुप्रै ईमानदार मेहेन्ति संगठनाका जुझारु नेताहरुलाई गुमाएकोछ।तरपनि उँहाहरुले देखाउँनु भयको त्यो ऐतिहाशिक बाटोमा सदै हिँडेर उहाँहरुको मार्ग दर्शन गर्नुहुँनेछ।

चर्चामा

सम्बन्धित समाचार