शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ३ लाख ३२ हजार रकमसहित ३ जुवाडे पक्राउ

३ लाख ३२ हजार रकमसहित ३ जुवाडे पक्राउ

  • शनिबार, कार्तिक १५, २०७७
३ लाख ३२ हजार रकमसहित ३ जुवाडे पक्राउ

महोत्तरीबाट जुवा खेलिरहेको अवस्थामा तीनजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका-७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् । आज बिहान करिब ४ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ परेका हुन् ।

महोत्तरीको मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । अन्य दुईजना भने फरार भएको उनले बताए । पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार