शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • जिप दुर्घटनामा परी १ को मृत्यु १० घाइते

जिप दुर्घटनामा परी १ को मृत्यु १० घाइते

  • शुक्रबार, कार्तिक १४, २०७७
जिप दुर्घटनामा परी १ को मृत्यु १० घाइते

म्याग्दीको रातोपहिरोमा जिप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जिप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो।

बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए।

मृतक बालिका दशैँमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन्। जीपमा ११ जना सवार थिए। एक जनाको मृत्यु भएको र १० जना घाइते भएको प्रहरी निरीक्षक चौधरीले बताए। बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई उपचारका लागि पोखरा पठाइएको छ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ। जिप सडकदेखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिनबहादुर खड्काले बताए।

चर्चामा

सम्बन्धित समाचार