शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अबको तीन दिन यस्तो रहनेछ मौसम

अबको तीन दिन यस्तो रहनेछ मौसम

  • शुक्रबार, कार्तिक १४, २०७७
अबको तीन दिन यस्तो रहनेछ मौसम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ ।

यस्तै, शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू भागमा आंशिक बदली रहनेछ । आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार