शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धार्मिक
  • कुन राशिका लागि आजको दिन शुभ ?

कुन राशिका लागि आजको दिन शुभ ?

  • शुक्रबार, कार्तिक ७, २०७७
कुन राशिका लागि आजको दिन शुभ ?

वि.सं. २०७७ साल कार्तिक ०७ गते शुक्रबार । इस्वी सन् २०२० अक्टोबर २३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–सप्तमी, १५ घडी ०३ पला, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाषाढा, ०२ घडी ०१ पला, बिहान ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तरषाढा । योग–सुकर्मा, ०७ घडी १९ पला, बिहान ०९ बजेर ०५ मिनेट उप्रान्त धृति । करण– वणिज, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ४६ मिनेट उप्रान्त बव । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु, मध्यान्ह १२ बजेर ५३ मिनेट उप्रान्त मकर ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २८ घडी १० पला । शारदीय नवरात्र । फूलपाती । नवपत्रिका प्रवेश ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : गीतसङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी बीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो गसिलो भएर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) :प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरू आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । बिहानको समय मध्यम रहेकाले आफन्त तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) :स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो नतिजा आउने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैँतिर ल्याउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने दिदी बहिनीको सहयोगले राम्रा कामहरू गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) :यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । औषधिजन्य व्यापारमा लगानी गर्नेहरूले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) : प्रतिस्पर्धामा तपार्ईंकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईंकै पक्षमा हुनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सजह हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) :विद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकाले राजनीति तथा समाज सेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) :कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोतहरू फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गरी मनग्य धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरूले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) :छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामीप्यता बढ्नेछ भने पति पत्नी बीचको सम्बन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्य धन सङ्ग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरूले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) :राजनीति तथा समाज सेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरू बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू थप्न सकिनेछ । बिहानको समय मध्यम रहेकाले यात्रा गर्दा वा प्रशासनिक क्षेत्रमा काम गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) :बिहानको समय राम्रो रहेकाले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित वस्तुहरू जस्तै धातु तथा पानीसँग सम्बन्धित वस्तुहरूको कारोबारबाट फइदा हुनेछ । दाजुभाइ तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेको छ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) :तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइ लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट रूपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरू बन्ने हुँदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार