शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • थप २६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

थप २६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

  • बुधबार, कार्तिक ५, २०७७
थप २६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७९१ पुग्यो

नेपालमा एकै दिन २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार ७ सय ४३ जना जना भेटिएसँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। कुल संक्रमितमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ३४ हजार ८ सय ९७ पुगेको छ। हाल ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार