बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आइतबारको मौसम पूर्वानुमान

आइतबारको मौसम पूर्वानुमान

  • आइतवार, कार्तिक २, २०७७
आइतबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाले हाल प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक रहको जानकारी दिएको छ ।

महाशाखाले दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी, राति प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, प्रदेश १ को एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार