शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७७ साल असोज ३० गते शुक्रबारकाे राशिफल

२०७७ साल असोज ३० गते शुक्रबारकाे राशिफल

  • शुक्रबार, अशोज ३०, २०७७
२०७७ साल असोज ३० गते शुक्रबारकाे राशिफल

वि.सं.२०७७ साल असोज ३० गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–औशी,४९ घडी ३० पला,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– हस्त,२४ घडी ५५ पला,बेलुकी ०४ बजेर ०३ मिनेट उप्रान्त चित्रा । योग–ऐन्द्र,०३ घडी २९ पला,बिहान ०७ बजेर २८ मिनेट उप्रान्त वैधृति । करण–चतुष्पद,दिउसो ०३ बजेर ०४ मिनेट उप्रान्त नाग,रातको ०१ बजेर ५३ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । दिनमान २८ घडी ३७ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्वन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गति बीधिमा सम्लग्न भई अगाढी बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा कुटुम्वसँग व्यावहार गर्दा वा कुनैपनि कामगर्दा सावधानि अपनाउनु होला कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । पारिवारिक माहोलमा मिठो मसिनो भोजन गर्ने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरिमा बुढुवा हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुने योग रहेकोछ भने अन्य साथी हरुलाई किनारा लगाउदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । व्यापार व्यावसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुखी हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार