बिहिबार, बैशाख १३, २०८१

“अवज्ञा”

  • आइतवार, अशोज २५, २०७७
“अवज्ञा”

 

धेरैका मनहरू
भित्र पसेर बुझिसकेको छु
भिन्नताका मन भेटेको छु
एक गर्ने मन र अर्को हेर्ने मन
कयौं मुटु छामेर महसुस गरिसके
कोही नौनी र कोही पत्थरका मुटु
कुनै सहजै रसाइदिन्छन्
अरुको दु:ख देखि सहनै सक्दैनन्
कुनै त यस्ता भइदिन्छन्
हजारौं व्यथा पोखेपनि पग्लिन्नन्
स्वार्थले रजाइँ गरेको यो माटोमा
हत्याहिंसा, बलात्कार, भ्रष्टाचार
आदि व्यथितिले जरा गाडेको
देख्दा यस्तो लाग्छ
सायद अब बुद्धका दुई आँखाले
शान्ति र करुणाभाव देख्न छोडे
बुद्धको अनुपम सन्देशलाई
सिधै अवज्ञा गरेको देख्दा
मानव भित्रको मानवता
एक चिम्टिपनि छैन
जो पाप र कुकर्मको राजले
हराइ सक्यो ।
लाग्छ,
मन्दिरमा पुजा गर्ने हिन्दुवादी होस्
मस्जिदमा पुजागर्ने मुसलमान होस्
चर्च र मण्डलिमा प्रथाना गर्ने पास्टर
जयकारी, अल्लाहावादी, ॐ कारी
विश्वासी आदि जो जे भएपनि
यीसबैको मनमा मात्र स्वार्थको सास छ
भुतप्रेत, सैतानी रुप तिनैको देखिन्छ
जो महामहिम ठान्दछन् आफूलाई
त्यसैले,
एउटैका फरक विचार देख्छु
उसैको दृष्टि पनि दुई देखिन्छन्
आन्तरिक र बाह्य जो केवल
आफ्नै संसार देखेर बसिरहेका छन्
दुर्गम र पिक्षडिएका क्षेत्रमा
राजधानीको दृष्टि कहिले पर्ला
भोक, प्यासले रन्थनिएका
विरामी पर्दा सिटामोल नपाई
छट्पटीएका तमाम जनता
सुन्दरताको अनुपमता भएरपनि
ओझेलमा परेको स्वर्गीय भूमिले
कहिले पाउला राहतको अनुभुती ?
अब,
ती सुगमतामा भुलेका तमाम
पत्थरका मन पग्लिन जरुरी छ
ती पत्थरका मन पग्लिएर
सहयोगी भवना पैदा होस्
जसका दृष्टि खुलाउन जरुरी छ
जुन दृष्टि दुरदराजमा परोस्
एउटा कुरो,
राजनीतिका ठेकेदारहरूको
मन बदलिन जरुरी छ
विचार बदलिन जरुरी छ
भाइचाराको नीति अपनाउनु छ
शान्तिको सन्देश सर्वव्यापी छर्नु छ
जसले देश हाक्ने अधिकार दिए
तिनै प्रजाको लागि मात्र नभएर
यो देश र माटोको लागीपनि
एकजुट भइ सोच्न जरुरी छ
अनि पो,
देशले समृद्धिको बाटो रोज्न सक्छ
देश विकास तिर लम्किन सक्छ
पुन: शान्तिको विगुल घन्किन सक्छ
त्यसपछि आहा ! सुन्दर शान्त नेपाल !
!अस्तु!

चर्चामा

सम्बन्धित समाचार