शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अधर्मी (लघु कथा)

अधर्मी (लघु कथा)

  • आइतवार, अशोज २५, २०७७
अधर्मी (लघु कथा)
          सुरेशकुमार पान्डे

बिहानै नुहाई धोई गरेर नाथले ध्वजा बान्दै थिए!कुवा नजिकै एउटा खिरुवाको रुखमा!त्यही बेला पानी ल्याउँन भनेर टुप्लुक्कै सेते पँधेरामा गाग्रि लिएर पुग्छ।बिहानको मौशम अलि चिसै हुँन्छ सो नुहाउँदा नाथ काट्टठिए झैँ देखिन्थे।दँशैको बेला भयकोले गाउँ घरमा बिदेश बाट लाहुरेहरु स्वादेश फर्किने लहर त थियो तरपनि पहिलेको जस्तो खुसिको माहोल भने थिएन।कोरोना वाईरसका कारण देशमा छे सए जना भन्दा पनि बढी मरी सकेका थियो।देशभरी कोरोना संक्रमण बढ्दै थियो।अहिले केहि मैना पहिले आएका परदेश बाट मज्दुरहरु अब कहिलेई बिदेश जाँदैनौ भन्नेहरु पुनःपरदेश तिर फर्किनेको लहरनै थियो ।आखिर के खाएर देशभित्र बसुन बिचरा बेरोजगार जे हौश सबैका आ-आफ्नै समस्याहरु हुँन्छन।सेते भर्खर कुवामा पुगेर गाग्रि भर्दै थियो,जुठे बिस्वक्रमा पनि त्यँही टुप्लुक्कै आएर अलिक टाडा आफ्नो गाग्रि राखेर उभिएको थियो।जुठे अलि पर बस है! मेरो त्यो भाँडो छोलास भन्दै नाथ एकासी जर्किदै आउँछन।हौश बाजे छोईदिन्न मैले हजूरको भाँडो भन्दै जुठे अँझै पर बस्छ।
नाथले पानी को त्यो बाल्टि माझेर भरेर निस्किन्छन त्यँहा बाट सेतेले गाग्रि भरेर बसेको थियो हात मुख धोयो तरपनि जुठे कुवाको नजिक आएको थिएन।त्यो देखेर भर न भाई पानी किन त्यति पर बसेकाछौ?सेतेले जुठेलाई सोध्छ।दाई हजूरको गाग्रि छोईएला भनेर हो हजूरले पानी भरेर राख्नु भयकोछ त्यो पानी छोईएला भनेर हो!जुठेले भन्छ।होर केही हुँदैन छोईएपनि भर पानी होईन दाई म अलि पछि भर्छु नुहाउँन पनिछ भनेर उस्लै जवाफ दिन्छ।आखिर पँधेरो त एउटै हो गाग्रि छोए बिल्टो हुँने पँधेरो ता छुँ नै पर्छ।
जुठेको मन मष्तिकमा ‘म अछुत हुँ मैले कसैको पानी छोईदिन हुँदैन’भन्ने बिचारको छाप छ।किन की कयौँ पटक जुठेले छुवाछुतको बिषयलाई लिएर अपमान ब्यहोर्नु परेको थियो।एक पटक नाथले जुठेलाई पानी छोएकै आरोपमा पिटेका रैछन।सेते एउटा लाहूर बाट गएको युवाहो,जस्ले भारतमा बस्दा सम्म नेपाली एकतामा सेवा गर्दा कयौँ बिचारहरु सिकेको थियो।तर भारतमा जति अनुसाशन थियो त्यो गाउँ घरमा भने देखिदैनथ्यो।नाथ आफैपनि आफुलाई कम्युनिष्टको महान नेता सम्झिन्थ्यो।तर पुरानो रुढीवादी ब्याक्ति मात्र होईन एक नम्वरको सोशक फटाह पनि थियो।उस्ले गाई भैँशीलाई नुन हाल्न भनेर रोकेको (नुन थलो) चौर पनि कब्जा जमाएको सबै गाउँलेलाई थाहाछ तर पनि कोई चुँ गरेर बोल्दैनन।भनिन्छ “जस्को लाठी उसैको भैँशी”गाउँ घरमा पनि त्यहि चाल छ।होईन भाई आईजाउ पानी भर नुहाउ म पनि अब जान्छु भन्दै सेतेले गाग्रि उठाएर डोकामा राख्छ।अहिले बिस्तारै मौसम मा परिवर्तन आएको थियो।अब पूर्व तिर रक्तिम किरणहरु देखिन थालेका थिए।
दाई मैले धेरै धर्मीहरु देखेको छुँ जस्ले खुब ढुङ्गा लाई देवता भनेर पुजा गर्छन खिर्वामा ध्वजा बाने तीनैले पिपल पुज्छन घरमा ध्वजा बान्छन,कुल कुलानी पुज्छन अनि जिउँदा मानिशलाई अपमान गर्छन,हेला गर्छन।हाम्रो सरीरमा पनि रगतछ दाई तर उनिहरुको सरीरमा रगत सँग मिसिएको बिषछ। त्यसैले गरिब गरिबको बिचमा पनि एकता हुँन सकेको छैन।त्यसैले त मुट्ठिभर धनीहरुले असंख्या मज्दुर श्रमजीवी बर्गको दोहन गरेका हुँन्छन!भन्दै जुठे निरास हुँन्छ।जुठे एकजना पढे लेखेको लगन सिल ईमान्दर ब्याक्ति हो।उस्ले पनि कयौँ मैना बिदेशमा गयर होटेलमा भान्शे देखी भाँडा माज्ने काम गरेको मान्छे हो।
दाई भारतमा त हामिहरुले पनि भान्शे भयर काम गरिम यँहा भन्दा त भारतमा धेरै ठिक छ बरु।कम्तिमा कुनजातको होश भनेर अपमान ता गर्दैनन।यँहा त पाईलैई पछि अपमान सहेर बाँच्नु पर्छ!भन्छ।मान्छे-मान्छेको बिचमा पनि गाउँ घरमा यस्तै अपमान गर्छन जातिय बिभेद गर्छन भन्दै जुठे ले आफ्नो गाग्रि कुवाको नजिकै ल्याउँछ र पानी भर्न थाल्छ।
कस्तो धर्म हो मानिसलाई अपमान गरेर ढुङा पुज्ने पद्धती धेरै खराब छ।हाम्रो देशमा आमा बाउलाई हेला गर्ने अनि ढुङ्गा पुजेर धर्म गरेको ठान्छन यिनीहरुले यो ठाउँमा त
नाथ जस्ता मान्छेको ब्यापक्ता छ।उनिहरुले अरुलाई अपमान गर्ने ब्यबहार लाई ठिक भन्न सकिदैन। सेते ले भन्छ।दिन भरी मान्छेको अपमान गरे अनि यिनै तिन सल्ला उफ्रेर आफुलाई धर्मात्मा बताउँछन।तर यिनिहरुनै घोर अप्राधीहरू हुँन दाई!जुठेले कुरा थपछ।होनी तर दलित समाजले निडर भयर जन चेतना जगाउँने पहेल गरि राख्नु पर्छ भाई,!भन्दै सेतेपनि त्यँहा बाट बिदा हुँन्छ।जुठेले सेतेलाई उस्का आँखाले देख्न सक्दा सम्म एककोह्रो हेरी राख्छ।कास यो लाहूरे यो गाउँमा बस्दो हो!भन्दै उस्ले पनि बाटो नाप्छ।कुवा एक्लै बसेकोछ पानी लिन आउँने मगर, बाहुँन वा दिलत लाई होईन मात्र मान्छेलाई कुरेर बसेकोछ त्यो पानीको कुवा।११-१०-२०२०,
(कथा काल्पनिक हो यस्का पात्र र उन्का नाम पनि काल्पनिक हुँन।कसैको निजि जिवन सँग मेल खान गयकोमा मात्र सञ्जोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार