शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

  • आइतवार, अशोज १८, २०७७
अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला । तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत राष्ट्रपतीय चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्दै आएको छ ।

पृथ्वीभन्दा २ सय माइल टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अमेरिकी अन्तरीक्षयात्रीहरुले आगामी नोभम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा मतदान गर्नेछन् । चुनावमा भोट हाल्नका लागि अन्तरीक्षमा रहेका अमेरिकी अन्तरीक्षयात्रीका लागि विशेष व्यवस्था गरिएको छ ।

स्मरण रहोस् अन्तरीक्षमा रहेका नागरिकले समेत भोट हाल्न पाउन् भनेर अमेरिकाको सन् १९९७ मै प्रविधिको माध्यमबाट मतदान गर्ने प्रणाली विकास गर्नका लागि टेक्सासस्थित विधायिकमा एक विधेयक पारित भएको थियो । सोही कानून अन्तर्गत नै अन्तरीक्षयात्रीहरुलाई अन्तरीक्षबाटै भोट हाल्ने सुविधा तथा अधिकार प्राप्त भएको हो । यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपती चुनावमा अन्तरीक्षयात्रीहरु ग्रेग चेमिटफ र एडवर्ड माइकल फिंकले अन्तरीक्ष स्टेसनबाट विशेष प्रविधिको माध्यमले भोट हालेका थिए ।

अमेरिकाको कानून अनुसार यदि चुनावका बेला कोही अमेरिकी नागरिक अन्तरीक्षमा भएमा उनीहरुले संघीय पोस्टकार्ड आवेदन अर्थात् एफपिसिएको माध्यमबाट मतदान गर्न सक्दछन् । यसका लागि सबैभन्दा पहिले नासाको सचिवालयमा सूचना दिनुपर्दछ । साथै अन्तरीक्षबाट अनलाइन मतदान गर्न अनुमति लिएसँगै गोप्य मतपत्र प्राप्त गर्नुपर्दछ ।

रिपोर्ट अनुसार करीब एक वर्षअगाडि नै यस्तो मतदानको तयारी हुन्छ । कुन समयमा अन्तरीक्षमा को अन्तरीक्षयात्री बसेका हुन्छन् भन्ने कुराको प्रक्षेपण पहिले नै गरेर सोही बमोजिम मतदानको तयारी ग्रिएको हुन्छ । सोही बमोजिम अन्तरीक्षयात्रीलाई एउटा फाराम पठाएर भर्न लगाइन्छ, त्यसलाई संघीय पोष्टकार्ड आवेदन भनिन्छ ।

त्यसपछि चुनावको पहिलो दिन अन्तरीक्षयात्रीलाई एक एनक्रिप्टेड विद्युतीय मतपत्र प्रेषित गरिन्छ । इमेल मार्फत पठाइएको सोही युनिक मतपत्रको प्रयोग गरी अन्तरीक्षयात्रीले मतदान गर्न सक्दछन् । अन्तरीक्षबाट गरिएको मतदानको डाटा पृथ्वीमा रहेको नासाको स्टेसनले डाउनलिंक गरेर विद्युतीय माध्यमबाटै सम्बन्धित निर्वाचन क्षेत्रमा गणना हुन्छ । मतदान तथा मेसिनले गर्ने मतगणना पूर्ण रुपमा गोप्य हुन्छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार