शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • ४५ हजार नगद सहित १२ जना जुवाडे पक्राउ

४५ हजार नगद सहित १२ जना जुवाडे पक्राउ

  • शनिबार, अशोज १७, २०७७
४५ हजार नगद सहित  १२ जना जुवाडे पक्राउ

 कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट १२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी अमर थापाका अनुसार स्थानीय गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी थापाले जानकारी गराए ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर भिमदत्त नगरपालिका–११ का ५० वर्षीय पदम बोहोरा, ६ का ३८ वर्षीय शंकर पाण्डेय, १० का ४० वर्षीय नरेन्द्र सुनार, ९ का ४० वर्षीय करन सिंह कार्की, ११ का ६३ वर्षीय पदम सिंह खत्री, ११ का ४२ वर्षीय देवराज ओझा र १० का ३८ वर्षीय नन्दराज जोशी रहेका छन् ।

यस्तै भिमदत्त नगरपालिका–११ का ५६ वर्षीय कमल गुरुङ, ११ का ४८ वर्षीय करण सिंह सुनार, १० का ४९ वर्षीय दिल्लीराज जोशशी, १० का ३८ वर्षीय गोपाल कार्की र १० का २५ वर्षीय दिपक राज जोशी रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार जुवा खेल्नेहरुसँग ४५ हजार ६०० र तीन बुक तास बरामद भएको छ । उनीहरुले प्रयोग गरिरहेको मोबाइलसहित राखि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार