शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा नागरिकता बाट बञ्चित एक दलित परिवार

बाजुरामा नागरिकता बाट बञ्चित एक दलित परिवार

सरकारि सेवा बाट बञ्चित

  • बुधबार, अशोज ७, २०७७
बाजुरामा नागरिकता बाट बञ्चित एक दलित परिवार

बाजुरा–बाजुराको खप्तड छेडेदह गाँउपालिका २ बस्ने ६० बर्षिय दुरपति सार्कीको परिवारले नागरिकता नपाँउदा सरकारी सेवा लगायत सेवाबाट बञ्चित भएका छन् । दुरपतिको पनि नागरिकता बनेको छैन् भने उनका २५ बर्षकी छोरी मना सार्की र २० बर्षका छोरा तेज सार्कीले समेत नागरिकता पाँउन सकेका छैनन् ।
दुरपतिको बृद्धभत्ता पाँउने उमेर भइसकेको छ, भने उनका छोरा तेज दुष्टिबिहिन अपांग हुन् । उनले पनि राज्य बाट पाँउने सामाजिक सुरक्षा भत्ता नागरिकता वा अन्य कुनै प्रमाण नभएका कारण सेवा बाट बञ्चित भएको वडा अध्यक्ष मिन बहादुर शाहिले वताएका छन् । आर्थिक अबस्थामा निकै कजोर रहेको दुरपतिले नागरिकताका लागि प्रयास गरेको भएपनि नागरिकता बनाउन नसकेपछि उनले नागरिकता पाँउने आश बाट बञ्चित भएकि छन् । दुरपतिले बझाङको खप्तड छान्ना गाँउपालिका ६ बिणा बस्ने मदन सार्की सँग बिहे गरेकि थिइन् । श्रिमानले अर्को बिहे गरेपछि उनि बाल बच्चा सहित बोकेर १५ बर्ष देखि बाजुराको माइति घरमा बस्दै आएकि छन् । १५ बर्ष देखि श्रीमान आफ्नो सम्पर्कमा नरहेको र अर्को बिहे गरे उतै रहेको खबर मात्र पाएको दुरपतिले वताईन् ।
नागरिकता लागि उनले स्थानिय सरकारले सँग धाइन्, तर श्रीमानको नागरिकता चाहिने र अर्को बाजुराबाट लिने भएपछि बसाइसराई चाहिने भनेपछि नागरिकता बाट बञ्चित भएको वताईन् । श्रीमान कता छ खोजि पनि गरिएन्, उनले बिहे गरेपछि आफु माईतिमा आएर अलगै बसेकी छु, अनपढ भएकाले नागरिकता कसरी बनाउने भन्ने पनि थाहा नभएको उनले वताईन् । उनको छोरा तेज ३ बर्षको हुँदा दादुरा रोग बाट ग्रसित भएपछि दुष्टिबिहिन बनेका हुन् । उ अहिले दुबै आँखा नदेख्ने गरेको छन् । आफ्नो नागरिकता नहुँदा छोराको न जन्मदर्ता बनाउन सके न नागरिकता नै छोराले पाँउने अपांग भत्ता पनि नपाएको दुरपतिले वताईन् ।
उनि भुमिहिन भएपनि नागरिकता नहुँदा राज्यले दिने अन्य सेवा बाट बञ्चित भएकि छन् । दलितलाई लक्षित गरेर जनताआवस कार्यक्रम लागु भएपनि नागरिकता नभएका कारणले उनी त्यो सेवा बाट बञ्चित भएको स्थानियले वताएका छन् । सरकारले दिने अन्य सहुलियतका कार्यक्रम बाट पनि बञ्चित भएकी छन् । उनकी छोरी मनाले भनिन्, २५ बर्षको उमेर कटिसकेको छ, न चुनावमा भोट हाल्न पाँउछन्, अरु सरकारी सेवा लिन समेत नपाएको उनले वताईन् । एकपटक एकजना केटा आफुलाई माग्न आएको नागरिकता समेत नबनेको र बन्न नसक्ने भनेपछि केटा फिर्ता भएको मनाले आफ्नो दुखेसो पोखिन् ।
एकातिर नागरिता छैन्, अर्कोतिर माइतीले दिएको सानो छाप्रो घरमा बस्दै आएकि छन् । अरु जग्गा छैन्, माइतीको पनि छैन्, आफ्नो हुने कुरै भएन अरुका काम गरेर परिवार पाल्ने गरेको दुरपतिले वताईन् । उनले नागरिकता बनाउन सहयोगका लागि सबैलाई आग्रह समेत गरिन् । पटक पटक नागरिकता लागि पहल गरेकाे भएपनि कतै बाट नागरिकता बनाउन सहयाेग नभएकाे उनकाे गुनासाे रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार