शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

  • शनिबार, अशोज ३, २०७७
९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन् ।

विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए । विकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार