बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

  • मङ्लबार, भदौ १६, २०७७
मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्री बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको हो।

मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।

चर्चामा

सम्बन्धित समाचार