बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

  • बिहिबार, भदौ ११, २०७७
कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको रातोपाटीलाई बताए ।

यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पताजस्ता समस्या थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो । योसँगै कपिलवस्तुका तीन जनाको कोरोना अस्पतालमा उपचार गर्दागर्दे मृत्यु भएको छ । त्यस्तै, रुपन्देहीका २ र प्युठानका १ गरी जम्मा ६ जनाको यो अस्पतालमा मृत्यु भएको डा. थापाले बताए । मृतकको शव व्यवस्थापन सेना गर्ने तयारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार