शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • ‘७३ दिनभित्र कोरोनाको खोप आउने खबर झुटो’

‘७३ दिनभित्र कोरोनाको खोप आउने खबर झुटो’

  • सोमवार, भदौ ८, २०७७
‘७३ दिनभित्र कोरोनाको खोप आउने खबर झुटो’

भारतको औषधी निर्माता कम्पनी सीरम इन्सिटीट्यूट अफ इन्डियाले ७३ दिनभित्र कोरोनाभाइरसविरुद्धको खोप उपलब्ध गराइने मिडिया रिपोर्ट झुटो भएको बताएको छ । एसआईआईले एक वक्तव्य जारी गर्दै मिडियामा ७३ दिनभित्र कोभिड–१९ विरुद्धको खोप आउने भनेर प्रकाशित समाचार फर्जी भएको बताउँदै यस्ता रिपोर्टको कुनै अर्थ नरहेको बताएको हो ।

वक्तव्यमा एसआईआईले भनेको छ, ‘हामीलाई सरकारले खोप उत्पादनको अनुमति दिएको छ । तर, खोप बजारमा तब मात्र आउनेछ, जब परीक्षणबाट यो प्रभावकारी भएको सफलतापूर्वक पुष्टि हुनेछ । बजारमा आउनुभन्दा अघि खोपले सबै मानकलाई पुरा गर्नुपर्ने हुन्छ । अक्सफोर्ड एस्ट्राजेनेको खोपको तेस्रो चरणको परीक्षण अहिले चलिरहेको छ । जबसम्म हामी यो खोपले बिना कुनै खतरा काम गर्न सक्छ भनेर सन्तुष्ट हुनसक्दैनौँ, यो बजारमा आउनेछैन । यसबारे हामी आधिकारिक रुपमा नै पुष्टि गर्ने छौँ ।’ यसअघि बिजनेस टुडेले अबको ७३ दिनभित्र एसआईआईको खोप बजारमा आउने समाचार प्रकाशित गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार