शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

  • शनिबार, भदौ ६, २०७७
सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

उच्च रक्तस्रावका कारण समस्यामा परेकी ओखलढुंगाकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार मानेभञ्ज्याङ गाउँपालिका १ मोलिकी उत्केरी महिला पातली श्रेष्ठ राईको रक्तस्राव नरोकिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो । सुत्केरी हुन ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी राईको समान्यरुपमा प्रसुति नभएपछि शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि राईको रक्तस्राव नरोकिएको र स्वास्थ्य अवस्था समेत नाजुक भएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । उनले जन्म दिएकी नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ । राईको उद्धारका लागि नेपाली कांग्रेसका युवा नेता तथा पुर्वसांसद रामहरि खतिवडाले पहल गरेका हुन् ।

जिल्लाबाट लगातार फोन मार्फत हेलिकोप्टर माग भएपछि परिवारले शुल्क तिर्नु नपर्ने गरी हेलिहप्टर पठाएर सुत्केरीको उद्धार गरेको नेता खतिवडाले बताए । हेलिकप्टर चर्टरको सम्पूर्ण खर्च महिला तथा बालबालिका मन्त्रालयले बेहोर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार