शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • कोरोनाका बिरामी व्यवस्थापनमा कठिनाइ

कोरोनाका बिरामी व्यवस्थापनमा कठिनाइ

  • शनिबार, भदौ ६, २०७७
कोरोनाका बिरामी व्यवस्थापनमा कठिनाइ

नेपालमा संक्रमण हुने जिल्ला र संख्यासमेत फैलिँदै गएपछि सरकारलाई बिरामी उपचारमा कठिनाइ परेको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्।

कोभिड–१९ व्यवस्थापनमै सरकारले तोेकेका हब तथा सेटलाइट अस्पतालहरूले समेत व्यवस्थापनमा सहयोग नगर्दा त्यस्तो हुन गएको मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बताए। ‘निजी अस्पताल र मेडिकल कलेजले सहयोग गर्न मानेका छैनन्,’ उनले भने। त्यसैगरी स्थानीय टोलछिमेकले लक्षण नभएका संक्रमितलाई समेत घरमा बस्न नदिएपछि संस्थागत आइसोलेसन र अस्पतालमा राख्नैपर्ने बाध्यता परेको मन्त्रालयले जनाएको छ।
‘लक्षण नभएकालाई होम आइसोलेसनमा राख्न टोलवासीले फैलिने शंका गरेर बस्न नदिएको अवस्था छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार