शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट पाटन अस्पतालमा एक महिला र एक पुरूषको मृत्यु

कोरोनाबाट पाटन अस्पतालमा एक महिला र एक पुरूषको मृत्यु

  • शुक्रबार, भदौ ५, २०७७
कोरोनाबाट पाटन अस्पतालमा एक महिला र एक पुरूषको मृत्यु

पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ।

मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ। उनी भदौ २ गते उपचारका लागि त्यहाँ भर्ना भएकी थिइन्।

यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन्। ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो। उनी साउन ३१ गतेदेखि उपचाररत् थिए।

चर्चामा

सम्बन्धित समाचार